नेपालको राजनीतिक संस्कृतिमा एउटा गहिरो रोग फैलिएको छ — हामी मानिसलाई उसको पद र हैसियतबाट मापन गर्छौं, तर उसको योगदान र सोचबाट होइन। यही सोचको प्रतिबिम्ब हाल फेरि दुई नाममा देखिएको छ– बिष्णु रिमाल र सुदन गुरुङ, यी दुबै व्यक्तिले कहिल्यै चुनाव जितेनन्, न त उनीहरू कुनै सरकारी पदमा स्थायी रूपमा रहे। तर देशको राजनीतिक तथा नीतिगत सन्दर्भमा दुवैको प्रभाव अस्वीकार गर्न सकिँदैन।
बिष्णु रिमाल विचारशक्ति कि विघटनको रणनीतिकार?
बिष्णु रिमाल , पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार, सत्ता सञ्चालनको पर्दापछाडिको सबैभन्दा प्रभावशाली नाममध्ये एक थिए।
सरकारमा उनी कुनै मन्त्री होइनन्, न त प्रशासनिक पदमा। तर गृह, परराष्ट्र, अर्थ, र पार्टीको निर्णय प्रक्रियासम्म उनका सल्लाहहरू निर्णायक मानिन्थे।
उनलाई आलोचकहरूले “ओली सरकारको विनाशका नायक” भनेर पनि आरोप लगाउँछन्। कारण — उनले प्रधानमन्त्री ओलीलाई कठोर, अडियल र आत्मकेन्द्रित नीतितर्फ उक्साएको भनाइहरू छन्। तर अर्का दृष्टिकोणले हेर्दा, रिमाल कुनै साधारण व्यक्ति होइनन्, उनी राजनीतिक दर्शन, संगठन, र विचार निर्माणमा गहिरो ज्ञान भएका व्यक्ति हुन्।
उनले सत्ताको संरक्षणमा कडा भूमिका खेले, र त्यसै कारण मित्रका रूपमा शक्तिशाली, तर आलोचकका दृष्टिमा ‘शकुनी’ पात्र बने। त्यो नै उनको शक्ति पनि हो र विवाद पनि।
किनकि नेपालजस्तो राजनीतिक उथलपुथलको देशमा जो निर्णय गर्छ, उसले आलोचना पनि भोग्छ।
सुदन गुरुङ पदबिनाको कर्मयोगी
अर्कोतर्फ, सुदन गुरुङ कुनै जनप्रतिनिधि होइनन्, न त सरकारी सेवक।
तर उनी विगत १०–१२ वर्षदेखि विपद् व्यवस्थापन, मानवीय सहायता र सामाजिक नेतृत्वमा निरन्तर सक्रिय छन्।
उनले अहिले जेन्जी समूहका सल्लाहकारका रूपमा काम गरिरहेका छन्।
तर उनीमाथि पनि प्रश्न उठाइएको छ — “कसरी गैर–निर्वाचित, गैर–सरकारी व्यक्ति प्रधानमन्त्रीसँग सल्लाह बैठकमा बस्न सक्छ?”
यस्तो प्रश्न आफैंमा सामन्ती सोचको उपज हो। किनभने सल्लाह दिनका लागि ओहोदा होइन, अनुभव र दृष्टिकोण चाहिन्छ।
सुदन गुरुङ ले देशको पीडा अनुभूति गरेका छन्स उनले संकटमा प्रत्यक्ष रूपमा हात हालेर काम गरेका छन्। त्यसैले उनी प्रधानमन्त्रीसँग उठबस गर्छन् भने त्यो सेवा र योगदानको परिणाम हो, पदको सौगात होइन।

एनजिओप्रतिको वितृष्णा र दोहोरो मापदण्ड
सुदन गुरुङ लाई कतिपयले “एनजिओको दलाल” भनेर गाली गर्छन्। तर यथार्थ के हो? नेपालमा सामाजिक चेतना, स्वास्थ्य सरसफाइ, शिक्षा, पर्यावरण, र मानवअधिकारका क्षेत्रमा एनजिओहरूले नै पहिलो अभियान थालेका थिए। नेता, शिक्षक, पत्रकार, व्यापारी, कलाकार सबैले कुनै न कुनै रूपमा एनजिओ चलाएका छन्।
त्यसैले सुदन गुरुङ ले पनि यदि आफ्नो संस्थामार्फत सामाजिक सेवा गरिरहेका छन् भने, त्यो अपराध होइन, कर्तव्य हो।
अर्को कुरा — जब देशमा विपत् आउँछ, त्यतिबेला सरकार भन्दा अघि एनजिओ र स्वयंसेवी संस्था नै सक्रिय हुन्छन्। त्यसैले एनजिओसँग वितृष्णा होइन, सहकार्य र पारदर्शिता चाहिन्छ।
हैसियतको हल्लाभन्दा योगदानको मूल्य ठूला
बिष्णु रिमालर सुदन गुरुङ दुबै पदमा नभए पनि आफ्नो प्रभाव छोड्ने व्यक्तिहरू हुन्।
च्ष्mब िले सत्ताको राजनीति र रणनीतिमा खेल खेलेस क्गमबल ले समाज र मानवीय क्षेत्रमा काम गरे।
एकले राजनीतिक नेतृत्वको सोचलाई आकार दिए, अर्कोले संकटमा नेतृत्वको आत्मा देखाए।
तर हाम्रो समाजले दुबैलाई “पद छैन” भनेर हेप्ने कोसिस गर्छ। हाम्रो सोच अझै पनि “कसले बोलेको?” भन्नेमा अडिएको छ, “के बोलेको?” भन्दा बढी।
यही सोचले देशलाई पछि पारेको छ।
देशप्रेमको मापदण्ड – हैसियत होइन, हृदयको संवेदना
देशप्रेमी त्यो होइन, जसको हातमा शक्तिको कलम छ । देशप्रेमी त्यो हो, जसको मुटु देशको पीडासँग धड्किन्छ। सुदन गुरुङ र बिष्णु रिमाल दुबैलाई अलग ढङ्गले हेर्न सकिन्छ, तर दुबैमा एउटा समानता छ — उनीहरूले आफ्नो सोच र क्षमताले देशको दिशामा प्रभाव पारेका छन्।
रिमाल ले सत्ता र नीति निर्माणमा तर्क दिएका हुन्, सुदन ले संकट र मानवीय सेवामा बल दिएका छन्। यी दुबै पात्रले देखाएका छन् — देश परिवर्तन गर्ने शक्ति पदमा होइन, दृष्टिकोणमा हुन्छ।
परिवर्तन सोचबाट सुरु हुन्छ, अब समय आएको छ, हामी “को हो?” भन्दा “के गर्छ?” भन्ने दृष्टिले मानिसलाई मूल्यांकन गर्न सिकौं।
सुदनले देशलाई सेवा गर्न खोजेका छन् भने, उनलाई समर्थन गरौं । रिमालले ओली सरकारलाई जोगाउन खोजेका थिए भने, उनको राजनीतिक दृष्टिकोणलाई अध्ययन गरौं — तर व्यक्तिगत हैसियत वा पदको चश्माबाट हेर्न बन्द गरौं।
देशलाई उठाउने शक्ति पदमा होइन, ईमान र कर्ममा हुन्छ। त्यसैले पदधारी होइन, कर्तव्यधारीहरूलाई सम्मान गरौं।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
