logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

काठमाडौं उपत्यकासहित देशभर डेंगु संक्रमण तीव्र, पछिल्लो सातामा ४१३ नयाँ बिरामी थप

काठमाडौं उपत्यकासहित देशभर डेंगु संक्रमण तीव्र, पछिल्लो सातामा ४१३ नयाँ बिरामी थप


  • सोमबार, असोज २७ २०८२
  • 910
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं।
    काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा पछिल्ला सातादेखि डेंगु संक्रमण तीव्र गतिमा फैलिएको छ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार पछिल्लो एक सातामा मात्र ४१३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। सन् २०२५ को सुरुदेखि हालसम्म कुल ५ हजार ८७४ जना संक्रमित भइसकेका छन्।

    देशका ७५ जिल्लामध्ये ७५ वटैमा संक्रमण फैलिएको तथ्यांकमा देखिन्छ भने चार जनाको मृत्यु भइसकेको छ।

    प्रदेशगत विवरण अनुसार पछिल्लो साता सबैभन्दा बढी गण्डकी प्रदेशमा १५१ जना नयाँ संक्रमित थपिएका छन्।
    त्यसपछि

    • बागमतीमा १०७,

    • कर्णालीमा ६४,

    • लुम्बिनीमा ३९,

    • सुदूरपश्चिममा ३०,

    • कोशीमा १६,

    • र मधेश प्रदेशमा ६ जना नयाँ संक्रमित फेला परेका छन्।

    नेपालमा पहिलोपटक सन् २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा डेंगु संक्रमण पुष्टि भएको थियो। त्यसपछि २००६ मा तराई र भित्री मधेशका जिल्लाहरूमा पनि संक्रमण फैलिएको थियो।

    डेंगु एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस नामका लामखुट्टेबाट फैलिने रोग हो, जसले बिहान र दिउँसोको समयमा बढी टोक्ने गर्छ।

    आयुर्वेद र घरेलु उपायबाट डेंगु नियन्त्रणका उपायहरू

    डेंगुमा आधुनिक औषधिले लक्षण नियन्त्रणमा ध्यान दिन्छ भने आयुर्वेद र घरेलु उपचारले शरीरको रोग प्रतिरोधात्मक शक्ति (इम्युनिटी) बढाउने र रगतको प्लेटलेट स्तर सन्तुलनमा राख्नेमा जोड दिन्छ।

    १. गिलोय (गुडेचो)

    • रोग प्रतिरोधात्मक शक्ति बढाउने प्रमुख जडीबुटी।

    • गिलोयको डाँठ उमालेर बनेको रस बिहान बेलुकी पिउनु लाभदायी हुन्छ।

    • प्लेटलेट घट्न नदिने र ज्वरो नियन्त्रण गर्न मद्दत गर्छ।

    २. पपैया पातको रस

    • प्लेटलेट घटेको अवस्थामा अत्यन्त उपयोगी मानिन्छ।

    • ताजा पपैयाको दुई वटा पात पीसि रस निकालेर बिहान बेलुकी १–१ चम्चा पिउनुहोस्।

    • यसले प्लेटलेट बढाउने र शरीरमा ऊर्जा पुनःस्थापना गर्ने काम गर्छ।

    ३. तुलसीको पात

    • तुलसीको पात उमालेर बनाएको पानीले संक्रमणविरुद्ध लड्न मद्दत गर्छ।

    • बिहान बेलुकी ५–७ पात चपाउन वा चिया बनाएर सेवन गर्न सकिन्छ।

    ४. भिटामिन–C युक्त फलफूल

    • कागती, स्याउ, सुन्तला, अमला आदिले शरीरमा इम्युनिटी बढाउँछ।

    • पानी प्रशस्त पिउनु, तरल पदार्थ (जुस, सुप, नारिवेल पानी) सेवन गर्नु जरुरी हुन्छ।

    ५. रोकथामका सामान्य उपाय

    • घर वरिपरि पानी जम्मा हुन नदिनुहोस्।

    • बिहान र दिउँसो लामखुट्टेबाट जोगिन मच्छरदानी वा रिपेलन प्रयोग गर्नुहोस्।

    • पुराना टायर, फूलदानी, पानी ट्यांकी सफा राख्नुहोस्।

    • ज्वरो, टाउको दुखाइ, जोर्नी दुखाइ वा र्‍यास देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्।

    काठमाडौं उपत्यकामा डेंगुको संक्रमण तीव्र गतिमा फैलँदै गएकोले सरकारी संयन्त्रले सफाइ अभियान, जनचेतना विस्तार, र संक्रमण नियन्त्रण कार्यक्रम थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।
    त्यससँगै आयुर्वेद र घरेलु उपाय अपनाउँदा शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाएर संक्रमणको जोखिम घटाउन सकिन्छ।

    प्रकाशित : सोमबार, २७ असोज २०८२ , ०३:२५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend