logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना मन्त्रिपरिषद्बाट स्वीकृत, दोस्रो चरणका काम अघि बढ्ने तयारी

कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना मन्त्रिपरिषद्बाट स्वीकृत, दोस्रो चरणका काम अघि बढ्ने तयारी


  • बिहिबार, असोज ३० २०८२
  • 884
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गुरुयोजना अनुमोदन गर्दै राष्ट्रिय प्राथमिकतामा पर्ने आयोजनाको रूपमा यसलाई निर्धारण गर्ने निर्णय गरेको हो।

    सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार, मन्त्रिपरिषद्ले गुरुयोजना स्वीकृतसँगै अब दोस्रो चरणका काम अघि बढाउन बोलपत्र (टेन्डर) आह्वान गर्न स्वीकृति प्रदान गरेको छ।

    मन्त्री खरेलले भने,

    “त्रिभुवन विश्वविद्यालय परिसरभित्र रहेको कीर्तिपुर क्रिकेट रंगशाला आयोजनाको गुरुयोजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र गुरुयोजना अनुसार बाँकी कामको बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अघि बढाउने निर्णय भएको छ।”

    गुरुयोजनाअनुसार रंगशालाको पहिलो चरणको काम अन्तर्गत १० हजार दर्शक क्षमताको प्याराफिट (पारापिट) निर्माण र फ्लडलाइट जडानको काम अन्तिम तयारीमा पुगेको छ।

    गुरुयोजना स्वीकृतसँगै अब रंगशालाको सम्पूर्ण पूर्वाधार विकास, खेलाडी आवास, पार्किङ, मिडिया ब्लक र अन्य आधुनिक सुविधाहरू निर्माण गर्ने प्रक्रिया सुरु हुने भएको छ।

    सरकारको यो निर्णयपछि कीर्तिपुर क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको खेलमैदानका रूपमा रूपान्तरण गर्ने लक्ष्य थप सुदृढ भएको छ।

    प्रकाशित : बिहिबार, ३० असोज २०८२ , ०६:४८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend