logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

एन्फाका महासचिव किरण राई पदबाट निलम्बित

एन्फाका महासचिव किरण राई पदबाट निलम्बित


  • आइतबार, कार्तिक २ २०८२
  • 715
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले महासचिव किरण राईलाई पदबाट निलम्बन गरेको छ। संघका कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले शुक्रबार एक सूचना जारी गर्दै राईलाई अर्को कार्यसमिति बैठकसम्मका लागि निलम्बन गरिएको जानकारी गराएका हुन्।

    संघको पत्र संख्या ३४७/०८२/०८३, मिति २०८२ असोज २९ अनुसार एन्फाले राईसँग तीन दिनभित्र स्पष्टीकरण मागेको थियो। सो पत्रमा राईले संघको साधारण सभा र कार्यसमितिको म्यान्डेट वेवास्ता गर्दै विधान, विधि र पद्धति विपरीत कार्य गरेको आरोप लगाइएको थियो।

    पत्रमा भनिएको छ —

    “फुटबल खेलको विकासमा नै दीर्घकालीन असर पार्ने गरी के कति आधारमा, कसको निर्देशनमा कार्य गर्नुभएको हो भनी स्पष्टीकरण मागिएकोमा हालसम्म कुनै जवाफ प्राप्त नभएकाले आजको मितिदेखि लागू हुने गरी तपाईलाई महासचिव पदबाट अर्को कार्यसमिति बैठकसम्मका लागि निलम्बन गरिएको छ।”

    राई निलम्बित भएका अवधिसम्मका लागि सहायक महासचिव दामोदर भट्टराईलाई कार्यवाहक महासचिवको रूपमा तोकिएको एन्फाले जनाएको छ।

    संघका कार्यवाहक अध्यक्ष खड्काद्वारा हस्ताक्षरित सो पत्रमा एन्फाका सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई जानकारीका लागि प्रतिलिपि पठाइएको छ।

    एन्फा फिफा, एएफसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट मान्यता प्राप्त नेपालको फुटबलको शीर्ष निकाय हो। हाल एन्फाको अध्यक्ष पदमा पंकज बिक्रम नेम्वाङ रहेका छन्।

    प्रकाशित : आइतबार, २ कार्तिक २०८२ , ०५:५३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend