logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

प्रधानमन्त्री कार्कीबाट दुई मन्त्रीको मात्र नियुक्ति, खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको नाम फिर्ता

प्रधानमन्त्री कार्कीबाट दुई मन्त्रीको मात्र नियुक्ति, खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको नाम फिर्ता


  • आइतबार, कार्तिक ९ २०८२
  • 520
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै दुई जना नयाँ मन्त्रीको नियुक्ति गर्ने तयारी गरेकी छन्। यसअघि चार जना मन्त्री नियुक्त गर्ने भनिएपनि अन्तिम समयमा सूची संशोधन भएपछि आज दुई जनाले मात्र शपथग्रहण गर्ने भएका हुन्।

    स्रोतका अनुसार डा. सुधा गौतमले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछिन् भने बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व ग्रहण गर्ने भएका छन्। दुबै मन्त्रीले आजै राष्ट्रपति कार्यालयमा शपथग्रहण गर्ने तयारी गरिएको छ।

    यसअघि मन्त्रीको सूचीमा रहेका खगेन्द्र सुनारको नाम फिर्ता लिइएको छ। उनीविरुद्ध विभिन्न अदालतहरूमा मुद्दा विचाराधीन रहेको कारणले अन्तिम समयमा उनको उम्मेदवारी स्थगित गरिएको स्रोतले जनाएको छ।

    त्यस्तै, गणपतिलाल श्रेष्ठलाई प्रारम्भिक रूपमा भूमि सुधार मन्त्रालयको जिम्मेवारी दिने तयारी भए पनि अन्ततः उनले शपथ नलिने निर्णय गरेका छन्। श्रेष्ठले आफूलाई तोकिएको मन्त्रालय भन्दा सांस्कृतिक क्षेत्रसँग सम्बन्धित जिम्मेवारी दिनुपर्ने सुझाव दिएका स्रोतले बताएको छ।

    हाल प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद्मा प्रधानमन्त्री स्वयं सहित अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदन प्रसाद परियार, र सञ्चारमन्त्री जगदीश खरेल रहेका छन्।

    सरकारमा नयाँ मन्त्रीहरूको समावेशसँगै स्वास्थ्य र खेलकुद क्षेत्रका नीति–कार्यक्रममा नयाँ उत्साह ल्याउने अपेक्षा गरिएको छ।

    प्रकाशित : आइतबार, ९ कार्तिक २०८२ , ०२:५७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend