logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

नेपाललाई चुनौतिपूर्ण लक्ष्य

नेपाललाई चुनौतिपूर्ण लक्ष्य


  • आइतबार, कार्तिक ९ २०८२
  • 962
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौँ । नेपाललाई आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले २ सय ६३ रनको चुनौती दिएको छ।

    दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर नेपालले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६२ रन बनायो।

    अमेरिकाले मध्यम सुरूवात गर्यो। पहिलो पावर प्लेमा १ विकेटको नोक्सानीमा मात्र ३२ रन बनायो। सोमपाल कामीले अमेरिकाका ओपनर आन्द्रीएस गाउसलाई आउट गरे। ११ रन बनाएका गाउस भीम सार्कीद्वारा क्याच आउट भए। अमेरिकाले पहिलो विकेट गुमाउँदा १७ रन बनाएको थियो।

    आरिफ शेखले दोस्रो विकेट लिए। १० रन जोडेका अमेरिकाका कप्तान मोनांक पटेललाई एलबिडब्लु धरापमा पारे। १३.५ ओभरमा दोस्रो विकेट गुमाउँदा अमेरिकाले ४५ रन मात्र बनाएको थियो।

    त्यसपछि ओपनर स्मित पटेल र साइतेजा मुक्कामल्लाले तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गरे। सेट ब्याटर स्मित रन आउट भए। उनले १ सय बल खेल्दै ९ चौका सहित ७५ रनको इनिङ खेले। त्यतिखेर अमेरिकाले १ सय ४५ रन जोडेको थियो।

    नेपालको लागि चौथो विकेट लेग स्पिनर सन्दीप‌ लामिछानेले लिए। उनले क्रिजमा जमेका साइतेजा मुक्कामल्लालाई बोल्ड आउट गरे। उनले ४२ रन बनाएका थिए।

    प्रकाशित : आइतबार, ९ कार्तिक २०८२ , ०३:२१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend