logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

विद्युत् कटौतीविरुद्धको कार्यक्रममा सम्बोधन गर्दै गर्दा जिफन्ट उपाध्यक्ष कमल गौतमको निधन

विद्युत् कटौतीविरुद्धको कार्यक्रममा सम्बोधन गर्दै गर्दा जिफन्ट उपाध्यक्ष कमल गौतमको निधन


  • बिहिबार, कार्तिक १३ २०८२
  • 819
    SHARES

    लोकसारथि संवाददाता, बुटवल ।

    रुपन्देहीमा उद्योग क्षेत्रमा भइरहेको विद्युत् आपूर्तिको कटौतीविरुद्ध आयोजित विरोध कार्यक्रममा सहभागी भइरहेका नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ।

    बुटवल नजिकै उद्योग क्षेत्रका श्रमिक र उद्योगीहरूको संयुक्त विरोधसभामा सम्बोधन गर्दै गर्दा गौतम अचानक बेहोस भएका थिए। तत्काल उनलाई मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

    सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले गौतमको निधनको पुष्टि गर्दै उद्योग क्षेत्रमा उत्पन्न भएको यो दुःखद घटनाले सम्पूर्ण श्रमिक र उद्योगी वर्ग स्तब्ध भएको प्रतिक्रिया दिएका छन्।

    बुधबारमात्रै गौतमले सिद्धार्थ उद्योग वाणिज्य संघमा आयोजित बैठकमा उद्योग क्षेत्रमा बढ्दो समस्या र विद्युत् आपूर्तिको असमानताप्रति आक्रोश व्यक्त गर्दै “अब हामी संस्थागत रूपमा आन्दोलनमा उत्रनेछौं” भन्ने घोषणा गरेका थिए।

    विरोधसभामा उनले सरकारमाथि उद्योगहरूलाई संकटमा पार्ने र उत्पादनमा अवरोध पुर्‍याउने नीतिगत गल्तीहरू गरेको आरोप लगाएका थिए। श्रमिकहरूलाई एकताबद्ध भएर अधिकारका लागि अघि बढ्न आग्रह गर्दै भाषणकै क्रममा उनले “अतः यो कारणले…” भन्नेबित्तिकै बेहोस भई ढलेका थिए।

    जिफन्टका नेतृत्व, उद्योगी तथा श्रमिकहरूले गौतमप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनको योगदानलाई स्मरण गरेका छन्।

    प्रकाशित : बिहिबार, १३ कार्तिक २०८२ , ०३:३४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend