logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

दराज एक्सप्रेसद्वारा ‘लास्ट–माइल डेलिभरी सोलुशन’ सार्वजनिक, व्यवसायका लागि छिटो र भरपर्दो सेवा

दराज एक्सप्रेसद्वारा ‘लास्ट–माइल डेलिभरी सोलुशन’ सार्वजनिक, व्यवसायका लागि छिटो र भरपर्दो सेवा


  • शनिबार, कार्तिक १५ २०८२
  • 1.1K
    SHARES

    १५ कात्तिक, काठमाडौं ।
    दक्षिण एशियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले आफ्नो लजिस्टिक इकाई ‘दराज एक्सप्रेस (DEX)’ मार्फत नयाँ सेवा ‘लास्ट–माइल डेलिभरी सोलुशन’ औपचारिक रूपमा सार्वजनिक गरेको छ।

    यस सेवामार्फत दराज एक्सप्रेसले अब दराजको प्लेटफर्ममा नहुँदा पनि आफ्ना उत्पादनहरू बिक्री गर्ने ब्रान्ड र स्वतन्त्र विक्रेताहरूका लागि छिटो, भरपर्दो र प्रविधिमुखी वितरण समाधान उपलब्ध गराउने भएको छ। कम्पनीका अनुसार, यसले नेपालभरका व्यवसायहरूलाई आफ्ना उत्पादनमा केन्द्रित रहँदै व्यवसाय विस्तार गर्न सशक्त बनाउने उद्देश्य लिएको छ।

    एआईमा आधारित रूट–प्लानिङ र रियल–टाइम ट्रयाकिङ

    दराज एक्सप्रेसले कृत्रिम बुद्धिमत्ता (AI) आधारित रूट–प्लानिङ प्रणाली र रियल–टाइम पार्सल ट्रयाकिङ प्रविधि प्रयोग गर्दै स्थानीय अर्डरहरू २४ घण्टाभित्र र अन्तर–सहर डेलिभरीहरू ४८ घण्टाभित्र पूरा गर्ने क्षमता विकास गरेको जनाएको छ।

    यसले औसत डेलिभरी समय १.५ दिनभन्दा कममा झारेको छ भने ९० प्रतिशतभन्दा बढी सफल वितरण दर कायम राख्न सफल भएको छ। दराज एक्सप्रेसले हालसम्म ४.६÷५ को ग्राहक मूल्याङ्कन पाएको जनाएको छ।

    १०८ सहरमा सेवा, चाँडै थप ७० सहरमा विस्तार

    डीईएक्सले हालसम्म नेपालका १०८ प्रमुख सहरहरूमा सेवा विस्तार गरिसकेको छ। कम्पनीले आगामी ११.११ अभियानअघि थप ७० सहरहरूमा सेवा विस्तार गर्ने योजना बनाएको छ।
    यससँगै, दराज एक्सप्रेसको देशव्यापी पहुँचले “सबैका लागि छिटो र भरपर्दो ई–कमर्स सेवा” भन्ने प्रतिबद्धता झल्काएको कम्पनीले जनाएको छ।

    विक्रेताका लागि पारदर्शी क्यासफ्लो र सहज सेटलमेन्ट

    दराज एक्सप्रेसले विक्रेताहरूका लागि सुगम नगद प्रवाह (क्यासफ्लो) र पारदर्शी वित्तीय व्यवस्थापनमा विशेष ध्यान दिएको छ।
    यस अन्तर्गत, विक्रेताहरूलाई हप्तामा धेरैपटक क्यास–अन–डेलिभरी रकम सेटलमेन्टको सुविधा प्रदान गरिनेछ।
    साथै, असफल डेलिभरीमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेर व्यवसायीहरूको जोखिम घटाउने र पुनःलगानी सहज बनाउने कम्पनीको विश्वास छ।

    ‘ई–कमर्स उद्योगमा दिगो वृद्धि ल्याउने हाम्रो लक्ष्य’

    दराज ग्रुपका मुख्य लजिस्टिक अधिकृत अहमद तनवीरका अनुसार,

    “डीईएक्सले दक्षिण एसियाभरकै ‘लास्ट–माइल डेलिभरी’ प्रणालीलाई पुनःपरिभाषित गरिरहेको छ। ठूला अनलाइन खुद्रा व्यवसायीहरू वा तीव्र गतिमा वृद्धि उन्मुख स्वतन्त्र विक्रेताहरू — सबैका लागि सरल, छिटो र तथ्याङ्कमा आधारित डेलिभरी सुविधा उपलब्ध गराइरहेका छौं। हाम्रो लक्ष्य लजिस्टिक्सलाई अझ सरल बनाउँदै, ग्राहक अनुभवलाई सुदृढ पार्ने र ई–कमर्स उद्योगमा दिगो वृद्धि ल्याउने हो।”

    देशव्यापी ई–कमर्स सञ्जाल निर्माणतर्फ दराजको पहल

    कम्पनीका अनुसार, यस समाधानले नेपालका ब्रान्ड र विक्रेताहरूलाई विस्तारित बजार पहुँच, सहज व्यवसाय सञ्चालन, र बलियो ई–कमर्स पारिस्थितिकी तन्त्र निर्माणमा सहयोग गर्नेछ।
    यी पहलहरूले दराजको “वाणिज्य शक्ति मार्फत समुदाय उत्थान” गर्ने दीर्घकालीन उद्देश्यलाई थप सबल बनाएको कम्पनीले उल्लेख गरेको छ।

    प्रकाशित : शनिबार, १५ कार्तिक २०८२ , ०२:०५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend