logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

२० दिनदेखि बेपत्ता दुई भारतीय नागरिकको शव फेला

२० दिनदेखि बेपत्ता दुई भारतीय नागरिकको शव फेला


  • आइतबार, कार्तिक २३ २०८२
  • 819
    SHARES

    २३ कात्तिक, काठमाडौं । मनाङमा २० दिनदेखि बेपत्ता दुई भारतीय नागरिकको शव फेला परेको छ।

    सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र उनकी १७ वर्षीया छोरी प्रियन्साकुमारी पटेलको शव फेला पारेको हो। उनीहरू बाबु–छोरी भएको सशस्त्र प्रहरी बल, नेपालका सह–प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

    मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलमा बसिरहेका उनीहरू ३ कात्तिकमा सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जाने भन्दै निस्किएका थिए। त्यसपछि उनीहरू सम्पर्कविहीन भएका थिए।

    सम्पर्कविहीन भएपछि होटल व्यवस्थापनले सशस्त्र प्रहरी बल अन्तर्गतको नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय, मनाङलाई जानकारी गराएको थियो। खोजी कार्य जारी रहँदा पनि उनीहरू नभेटिएपछि २३ कात्तिकमा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) हिराबहादुर जिसीको कमान्डमा उद्धार टोली पुनः खटिएको थियो।

    माउन्टेन रेस्क्यु तालिम प्राप्त उद्धार टोलीले उनीहरूको शव मलेरिपा गुम्बाबाट करिब सय मिटर माथि हिउँले पुरिएको अवस्थामा फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ।

    प्रकाशित : आइतबार, २३ कार्तिक २०८२ , ०३:५२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend