बुटवल । जेनजी रिभोलुसन नेपालका सह–सयोजक अर्जुन शाहीले नेपालको सामाजिक, राजनीतिक र नैतिक पतनका कारणहरूबारे कडा टिप्पणी गर्दै “महानताको माटो कुरूप बन्दै गएको” गम्भीर चेतावनी दिएका छन्। राजधानीमा सोमबार आयोजित कार्यक्रममा बोल्दै शाहीले ऐतिहासिक रूपमा बुद्ध, अरनिको, भृकुटी र पृथ्वीनारायण शाहजस्ता महामानव जन्माउने भूमिले आज विकृति, भ्रष्टाचार र अपारदर्शिताको अँध्यारोमा डुबेको बताउँदै अब “कुरूपताको जरा पत्ता लगाउने समय आएको” बताएका हुन्।
“व्यक्ति होइन, प्रणाली नै रोगी छ” — शाही
शाहीले वर्तमान समस्याको मूल तहमा जनताभन्दा राज्यको बिग्रिएको संरचना जिम्मेवार रहेको बताए।
उनले भने, “समस्या जनतामा होइन, समस्या प्रणालीमै छ — जसले सत्यनिष्ठ, सक्षम मान्छे उठ्नै नदिने संरचना बनाएको छ।”
उनका अनुसार दशकौँदेखि जरा गाडेको राजनीतिक स्वार्थ, प्रशासनिक सिंडिकेट, शक्तिकेन्द्रहरूको खेल र नागरिक चेतनामा लागेको क्षयले राष्ट्र आज गम्भीर संकटमा परेको छ।
भ्रष्टाचार, राजनीतिक व्यापार र नैतिक ह्रासले समाज कुरूप
शाहीले समाज कुरूप बन्दै जानुका पाँच मुख्य कारणसँगै वर्तमान राजनीतिक अवस्थाको वास्तविकता प्रस्तुत गरे—
-
भ्रष्ट नेतृत्वको निजी स्वार्थ: सार्वजनिक पद शक्ति र सम्पत्ति बटुल्ने माध्यम बनेको आरोप।
-
युवा पलायन: प्रतिवर्ष हजारौँ क्षमतावान युवा देश छाड्छन् । आशा यहाँ मर्छन, सपना परदेशमा बिक्छन । राष्ट्रको भविष्य बनाउनुपर्ने पुस्ता श्रम बजारमा समाप्त हुन्छ । बेरोजगारी चरम बिन्दुमा छ, रेमिट्यान्स जीडीपीको एक चौथाइभन्दा बढी छ, र दुई मिलियनभन्दा बढी युवा प्रत्यक्ष वैदेशिक रोजगारीमा छन् । विद्यार्थीहरूको पलायन सन् २०१४ देखि २०२४ सम्म चार गुणा बढेको छ ।
-
नैतिक मूल्यमा पतन: अफवाह, हल्ला र गलत सूचनाको संस्कृतिले नैतिक चेतनालाई विषाक्त बनाएको छ । सोशल मिडियामा झुटा समाचार, घृणाको प्रवाह र विभाजनकारी विषयवस्तु छरपस्ट भएको छ ।
-
न्याय प्रणालीको कमजोर अवस्था: अपराधीहरु स्वतन्त्र छन्, पीडितहरु विवश छन् । “चिनजानको मूल्य” हुने देशमा कानुनको शासन कागजमा मात्र सीमित छ । शाहीको प्रश्न मार्मिक छ—”चिनजानकै मूल्य हुने देश कहिल्यै महान रहन सक्छ ?”
-
शिक्षा क्षेत्रको राजनीतिक दासत्व: विद्यालयदेखि विश्वविद्यालयसम्म राजनीतिक दलको नियन्त्रण छ । शिक्षा होइन, वफादारीको व्यापार भइरहेको छ । शैक्षिक संस्थाहरू ज्ञानको मन्दिर नभएर राजनीतिक कार्यकर्ता उत्पादनका कारखाना बनेका छन् ।
यी कारणहरूले महान व्यक्तित्वहरू जन्माउने यो देशमा प्रणालीगत सडाँधले नैतिक मूल्य हराउँदै गएको शाहीको ठम्याइ छ ।
जेनजी रिभोलुसन : ‘परिवर्तनको ऐतिहासिक क्षण’
शाहीले अगाडि सारेका प्रस्ताव :
-
पारदर्शी तथा जवाफदेही शासन
-
योग्यतामा आधारित रोजगारी र युवाका लागि देशमै अवसर
-
शिक्षा र नेतृत्वमा पार्टी–मुक्त सुधार
-
नागरिक तथा राष्ट्रिय हित सर्वोपरि
-
समाजमा नैतिक पुनर्जागरण
“महानताको माटो फेरि महान बन्न सक्छ”
शाहीले नेपालको इतिहास, सांस्कृतिक धरोहर र युवाशक्तिलाई उल्लेख गर्दै भने,
“देश परिवर्तन गर्न पहिले कुरूपताको मुटु कहाँ छ, त्यो पत्ता लगाउनुपर्छ। कारण भेटिएपछि समाधान कठिन हुँदैन।”
उनका अनुसार यदि नयाँ पुस्ताले दृढतापूर्वक उठे भने बुद्धको करुणा, अरनिकोको सृजनशीलता र पृथ्वीनारायण शाहको दृष्टि पुनः जाग्नेछ।
“महानता माटोमा होइन, मानिसको कर्ममा हुन्छ”
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
