लोकसारथि संवाददाता, काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधनको मागसहित देशव्यापी सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ। दुई दिनसम्म बसेको कार्यकारिणी समितिको बैठकपछि पार्टीले संगठन सुदृढीकरण, आगामी चुनावी तयारी र आन्दोलनका चरणबद्ध कार्यक्रम सार्वजनिक गरेको हो।
पार्टी महासचिव रामकुमार शर्माका अनुसार मङ्सिर १० गते देशभरका प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई संविधान संशोधनसम्बन्धी २८ बुँदे मागसहितको ज्ञापनपत्र बुझाइनेछ। उनले संविधान निर्माणको प्रक्रियामै जसपाले निरन्तर असहमति जनाउँदै आएको उल्लेख गर्दै विगतका सरकारले पनि संशोधन वा पुनर्लेखनका मागमा ध्यान नदिएको आरोप लगाए।
आन्दोलनका चरणबद्ध कार्यक्रमहरू
-
मङ्सिर १०:
जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई २८ बुँदे ज्ञापनपत्र बुझाइने। -
मङ्सिर ११–१५:
प्रत्येक संसदीय क्षेत्रका शहर तथा बजार केन्द्रमा विरोध कार्यक्रम, कोणसभा र जनपरिचालन। -
मङ्सिर १९–२१:
जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना। -
मङ्सिर २७–पुस ४:
देशभर जिल्लास्तरीय विरोध सभा तथा जनसभा। -
प्रदेशस्तरीय सभा:
-
पुस १२: विराटनगर
-
पुस १४: जनकपुर
-
पुस १५: वीरगन्ज
-
पुस १७: नेपालगञ्ज
-
पुस १७ (भैरहवा): कार्यक्रम तय
-
संविधान संशोधनका मुख्य मागहरू
महासचिव शर्माका अनुसार जसपाले संविधानमा निम्न विषयहरू संशोधन गर्नुपर्ने माग गरेको छ—
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपति व्यवस्था
-
पूर्ण समावेशी संसद
-
स्वायत्त र अधिकार सम्पन्न प्रदेश
-
समान जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र
-
राज्यको पुनर्संरचना
-
अन्य संरचनागत र राजनीतिक सुधारका प्रस्ताव
उनले भने, “संविधान पुनर्लेखन वा संशोधन हाम्रो मूल माग हो। त्यसलाई सम्बोधन नगरेसम्म आन्दोलन जारी रहनेछ।”
जसपाले संघीयता, साझेदारी र समावेशितामै आधारित राज्य संरचना निर्माणका लागि संविधान परिमार्जन अपरिहार्य भएको दाबी गर्दै आएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
