रुपन्देही । राष्ट्रकै महत्वपूर्ण शैक्षिक गौरव बोकेको तिलोत्तमा माध्यमिक विद्यालय तथा क्याम्पस, योगीकुटी–२, तिलोत्तमामा लामो समयपछि नेतृत्व परिवर्तन भएको छ । संस्थाको प्रबन्ध निर्देशक पदमा प्रा.डा. रामचन्द्र आचार्य तथा प्राचार्य पदमा तुलसीप्रसाद सापकोटा नियुक्त हुनुभएको छ ।
शैक्षिक क्षेत्रमा लामो समयदेखि विशिष्ट योगदान दिँदै आउनुभएका प्रा.डा. आचार्य शिक्षण, अनुसन्धान तथा शैक्षिक नेतृत्वमा दखल राख्ने व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । उहाँको नेतृत्वले संस्थालाई शैक्षिक नवप्रवर्तन, अनुसन्धानमुखी शिक्षण र गुणस्तर अभिवृद्धिको दिशामा अघि बढाउने अपेक्षा गरिएको छ ।
त्यस्तै, लामो प्रशासनिक अनुभव सँगाल्नुभएका नवनियुक्त प्राचार्य सापकोटाले संस्थाको शैक्षिक तथा व्यवस्थापकीय सुदृढीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।
विज्ञान तथा व्यवस्थापन शिक्षामा लामो समयदेखि योगदान दिँदै आएको तिलोत्तमा माध्यमिक विद्यालय तथा क्याम्पसमा कक्षा ११ र १२ तहमा विज्ञान र व्यवस्थापन संकाय सञ्चालनमा छन् । साथै, उच्च शिक्षाअन्तर्गत बीबीए (BBA) र एमबीए (MBA) कार्यक्रम समेत सञ्चालनमा रहेका छन् ।
गुणस्तरीय शिक्षा, अनुभवी शैक्षिक जनशक्ति तथा अनुशासित शैक्षिक वातावरणका कारण तिलोत्तमा मावि तथा क्याम्पस विद्यार्थी र अभिभावकको विश्वासको केन्द्र बन्दै आएको छ ।
नवनियुक्त नेतृत्वको दूरदृष्टि, कुशल व्यवस्थापन र सिर्जनशील सोचबाट तिलोत्तमा माध्यमिक विद्यालय तथा क्याम्पसले शैक्षिक गुणस्तरमा थप सुधार गर्दै आगामी दिनमा अझ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
