लोकसारथि संवाददाता, काठमाडौं ।
हिजो मात्रै नेपाली कांग्रेसमा प्रवेश गरेका सर्लाहीको गोडैता नगरपालिका–५ का वडाध्यक्ष पुनः आफ्नै पुरानो दल जनता समाजवादी पार्टी (जसपा) नेपाल मा फर्किएका छन् ।
जसपाबाट निर्वाचित वडाध्यक्षले आज सार्वजनिक रूपमा कांग्रेस परित्याग गरी जसपा नेपालमै फर्किएको घोषणा गरेका हुन् । उनले आगामी निर्वाचनमा समेत जसपा नेपाललाई नै सहयोग गर्ने स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियो सन्देशमार्फत उनले आफू सुरुदेखि नै जसपामा आबद्ध रहँदै आएको, पार्टीप्रति प्रतिबद्ध रहेको र गोडैता नगरपालिका–५ का निर्वाचित वडाध्यक्षको रूपमा निरन्तर काम गरिरहेको बताएका छन् । पार्टीप्रति आफ्नो निष्ठा कहिल्यै नटुटेको उनको दाबी छ ।
उनले पार्टी गठबन्धनको परिस्थितिका कारण केही समयका लागि नेपाली कांग्रेस मधेश प्रदेशका नेतासँग नजिकिएको र त्यस क्रममा कांग्रेस पक्षबाट सम्मान पाएको उल्लेख गरे । तर त्यो अवस्थालाई पार्टी परित्यागका रूपमा नबुझ्न पनि आग्रह गरेका छन् ।
साथै, उनले आफ्नो दल छोडेर अन्य कुनै पार्टीलाई मत नदिने र जसपा नेपालप्रति पूर्ण निष्ठा कायम राख्ने प्रतिबद्धता पुनः व्यक्त गरेका छन् ।
उल्लेखनीय छ, हिजो सर्लाहीको गोडैतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसलाई सहयोग गर्ने घोषणासहित उनीसहित चार जना वडाध्यक्ष कांग्रेस प्रवेश गरेका थिए । तर एक दिन नबित्दै वडाध्यक्ष पुनः पुरानै दलमा फर्किनुले स्थानीय राजनीतिक वृत्तमा चर्चा पैदा गरेको छ । आजीवन भूलसुधारको राजनीतिले देशको अवस्था परिवर्तन गर्ला?
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
