logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

गुल्मीमा तीन महिनाको शिशु हत्या आरोपमा बाबु पक्राउ

गुल्मीमा तीन महिनाको शिशु हत्या आरोपमा बाबु पक्राउ


  • शनिबार, माघ १७ २०८२
  • 897
    SHARES

    लोकसारथि संवाददाता, बुटवल ।
    गुल्मी जिल्लाको इस्मा गाउँपालिका–२, छल्दीटारका ४६ वर्षीय सन्त बहादुर कुमाललाई आफ्नै तीन महिनाको छोराको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कुमालले मादक पदार्थ सेवन गरेको अवस्थामा आफ्ना तीन महिनाका छोरालाई भुइँमा पछार्दा शिशुको मृत्यु भएको हो। घटनापछि कुमालकी छोरी सरिता कुमालले माघ १५ गते प्रहरी चौकी हस्तिचौरमा मौखिक उजुरी दिनुभएको थियो।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी गंगा बहादुर सारुका अनुसार उजुरीका आधारमा कुमाललाई माघ १५ गते नै पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    मृत शिशुको शवको पोस्टमार्टम सोही दिन गुल्मी अस्पताल, तम्घासमा गरिएको प्रहरीले जनाएको छ। घटनाले स्थानीय क्षेत्रमा शोक र आक्रोश फैलिएको छ।

    प्रकाशित : शनिबार, १७ माघ २०८२ , ०२:१५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend