logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा पेसी तोकियो

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा पेसी तोकियो


  • आइतबार, माघ १८ २०८२
  • 832
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिट निवेदनको सुनुवाइका लागि सर्वोच्च अदालतले पेसी तोकेको छ।

    चौधरीको रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिएको हो।

    यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको थियो। साथै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन बोलाइएको थियो।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएका चौधरीको मनोनयन पत्र निर्वाचन आयोगले खारेज गरेको थियो। उक्त निर्णयविरुद्ध चौधरी सर्वोच्च अदालत पुगेका हुन्।

    अब संयुक्त इजलासको सुनुवाइले उनको उम्मेदवारीको भविष्यबारे महत्वपूर्ण निर्णय दिने अपेक्षा गरिएको छ।

    प्रकाशित : आइतबार, १८ माघ २०८२ , ११:२३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend