logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

लुम्बिनी प्रदेशमा प्रदेश स्थापना दिवसको अवसरमा भोलि सार्वजनिक विदा

लुम्बिनी प्रदेशमा प्रदेश स्थापना दिवसको अवसरमा भोलि सार्वजनिक विदा


  • मंगलबार, माघ २० २०८२
  • 832
    SHARES

    लोकसारथि संवाददाता, राप्ती उपत्यका, देउखुरी – लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचना अनुसार, प्रदेश राजपत्र भाग ३, खण्ड ८, संख्या १४, मिति २०८१ चैत्र २१ गतेको निर्णय बमोजिम मिति २०८२ माघ २१ गते बुधवार प्रदेशभर सार्वजनिक विदा रहनेछ।

    सूचनामा उल्लेख छ कि यो विदा लुम्बिनी प्रदेशका सम्पूर्ण कर्मचारी, संघ/संस्था तथा जनतालाई लागू हुने छ। प्रदेश सचिव लोकबहादुर सुनार को हस्ताक्षरसहित यो सूचना प्रकाशित गरिएको हो।

    प्रदेश स्थापना दिवसको अवसरमा नागरिकहरूलाई प्रदेशको विकास, ऐतिहासिक महत्व र सांस्कृतिक उपलब्धि सम्झन र यस दिनको महत्व बुझ्न आग्रह गरिएको छ।

    प्रकाशित : मंगलबार, २० माघ २०८२ , ११:११ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend