मुस्ताङ — प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन्। उनले नेकपा (एमाले) का उम्मेदवार इन्द्र धारा विष्टलाई पराजित गर्दै स्पष्ट जित हासिल गरेका हुन्।
निर्वाचनको अन्तिम मत परिणामअनुसार गौचनले ३ हजार ३ सय ७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी विष्टले १ हजार ८ सय ६ मत ल्याएका छन्। गौचनले विष्टलाई १ हजार ५ सय १ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अधितीय चन्द्र थकालीले ७ सय ५९ मत प्राप्त गरेका छन्। नेकपाका ङुटुक गुरुङले १ सय ५१ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी कमला लालचनले १ सय ६१ मत प्राप्त गरेकी छन्।
मुस्ताङमा यस पटक कुल ६ हजार ३ सय ९७ मत खसेको थियो। यहाँ ११ हजार ३ सय २८ जना मतदाता रहेका छन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
