लोकसारथि संवाददाता, काठमाडौं ।
प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा हालसम्म छ जना उम्मेदवार विजयी भएका छन्। शुक्रबार साँझसम्म प्राप्त पछिल्लो विवरणअनुसार विभिन्न दलका उम्मेदवारहरूले आफ्नो निर्वाचन क्षेत्रमा विजय हासिल गरेका छन्।
राजधानी काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्। काठमाडौं–१ बाट रञ्जु दर्शना १५ हजार ४५५ मतसहित विजयी भएकी छन्। त्यसैगरी काठमाडौं–६ बाट शिशिर खनाल २७ हजार ९१६ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने काठमाडौं–८ बाट विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मतसहित विजयी भएका छन्।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी का अध्यक्ष पुष्पकमल दहाल रुकुम पूर्व–१ बाट ११ हजार २८२ मत प्राप्त गर्दै विजयी भएका छन्।
उता नेपाली कांग्रेस का उम्मेदवार योगेश गौचन थकाली मुस्ताङ–१ बाट ३ हजार ३०७ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् भने टेक बहादुर गुरुङले मनाङ १ बाट २४१५ मत ल्याई विजयी भएका छन् ।
हालसम्मको मतपरिणाम हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय सफलता हासिल गर्दै अग्रता लिइरहेको देखिएको छ। देशभरि विभिन्न निर्वाचन क्षेत्रमा मतगणना जारी रहेकाले आगामी केही घण्टामा थप परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको निर्वाचन आयोग स्रोतले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
