logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

प्रत्यक्षतर्फको मतगणना सम्पन्न: समानुपातिक सिट कसको भागमा कति ?

प्रत्यक्षतर्फको मतगणना सम्पन्न: समानुपातिक सिट कसको भागमा कति ?


  • मंगलबार, फाल्गुन २६ २०८२
  • 1K
    SHARES

    लोकसारथि संवाददाता, बुटवल ।

    प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइसकेको छ, तर समानुपातिकतर्फको मतगणना भने अझै जारी रहेको छ। आज बिहान साढे ८ बजेसम्म १ करोड ३ लाख ४४ हजार ९५२ मत गणना भइसकेको छ। हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ले समानुपातिक मतमा अन्य दलहरूमाथि स्पष्ट अग्रता कायम गरेको छ।

    प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ पनि ठूलो मत ल्याएको देखिएको छ। यस आधारमा उसले समानुपातिक प्रणालीबाट मात्रै करिब ५८ सिट थप्ने सम्भावना देखिएको छ।

    दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ भने समानुपातिकतर्फ उसले उल्लेखनीय मत प्राप्त गरे पनि रास्वपाभन्दा निकै पछि परेको देखिन्छ।

    यसैगरी नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टी ले पनि समानुपातिक मतका आधारमा थप सिट पाउने सम्भावना देखिएको छ।

    प्रतिनिधि सभा निर्वाचन २०८२ : दलगत स्थिति (हालसम्मको मतगणना)

    दल प्रत्यक्ष सिट समानुपातिक मत सम्भावित समानुपातिक सिट
    राष्ट्रिय स्वतन्त्र पार्टी 125 49,67,043 58
    नेपाली कांग्रेस 18 16,84,175 19
    नेकपा एमाले 9 14,00,247 16
    नेपाल कम्युनिस्ट पार्टी 7 7,61,680 9
    श्रम संस्कृति पार्टी 3 3,49,140 4
    राष्ट्रिय प्रजातन्त्र पार्टी 1 3,23,535 4

    चार महिना अघि मात्रै स्थापना भएको श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जित्दै उल्लेखनीय उपस्थिति जनाएको छ। समानुपातिक मतमा थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय पार्टीको मान्यता समेत पाउने सम्भावना देखिएको छ।

    यसैगरी राप्रपाले पनि समानुपातिक मतका आधारमा राष्ट्रिय पार्टी बन्ने स्थिति बनाएको छ।

    हालसम्मको मतगणनाले प्रतिनिधि सभा निर्वाचन २०८२ मा नयाँ राजनीतिक शक्तिको उदय र पुराना दलहरूको कमजोर प्रदर्शन स्पष्ट रूपमा देखाएको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ। समानुपातिक मतगणना पूरा भएपछि अन्तिम सिट बाँडफाँट स्पष्ट हुने अपेक्षा गरिएको छ।

    प्रकाशित : मंगलबार, २६ फाल्गुन २०८२ , १०:२३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend