काठमाडौं । रुपन्देही–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले ऐतिहासिक जित हासिल गर्दै सबै प्रतिस्पर्धी उम्मेदवारको जमानत जफत गराएका छन्।
यहाँ झण्डै ९० हजार मत सदर हुँदा चुनावी कानुनअनुसार जमानत जोगाउन कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्नुपर्छ। तर दोस्रो स्थानमा रहेका नेपाली कांग्रेस का उम्मेदवार सुशील गुरुङले ८ हजार ४३५ मत मात्र पाए भने तेस्रो स्थानमा रहेका नेकपा एमाले का वासुदेव घिमिरेले ८ हजार २७५ मत प्राप्त गरे।
डा. थापाले ५८ हजार ८१४ मत प्राप्त गरी विजयी हुँदा उनीबाहेक प्रतिस्पर्धामा रहेका ३५ जना उम्मेदवार सबैको जमानत जफत भएको निर्वाचन परिणामले देखाएको छ।
देशकै ठूलो मतान्तर
थापाले केवल जमानत जफत गराउने मात्र होइन, नेपालको संसदीय निर्वाचन इतिहासमै सबैभन्दा ठूलो मतान्तरले जित्ने नयाँ रेकर्ड समेत कायम गरेका छन्। उनले दोस्रो स्थानका उम्मेदवारलाई ५० हजार ३७० मतको फरकले पराजित गरेका हुन्। ५० हजारभन्दा बढी मतान्तरले जित्ने उनी हालसम्मका एकमात्र उम्मेदवार बनेका छन्।
बालेनको मतसंख्या उच्च
यसैबीच बालेन्द्र शाह भने देशभरिका उम्मेदवारमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने उम्मेदवार बनेका छन्। उनले ६८ हजार ३४८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
मतान्तरको हिसाबले भने बालेन दोस्रो स्थानमा रहे। उनले केपी शर्मा ओली लाई ४९ हजार ६१४ मतको फरकले पराजित गरेका थिए।
हालको निर्वाचन परिणामले नयाँ राजनीतिक शक्तिको उदय र पुराना दलहरूको कमजोर प्रदर्शनलाई स्पष्ट रूपमा देखाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
