आज मिति २०८३ जेठ २३ गते शनिबारका दिन जिल्ला सैनिक बोर्ड पेन्सन क्याम्प फूलबारीमा ले. जनरल संजीव चौहान, PRESIDENT OF GORKHA BRIGADE ज्यूले भूपू सैनिक र उनीहरूको परिवारलाई सम्बोधन गर्नु भयो। उहाँले भूपू र उहाँहरूका परिवारलाई भारतीय सरकारबाट पाउने विभिन्न सुविधाहरूको बारेमा र भूपूहरूले पाउने हकअधिकारको बारेमा विस्तृत जानकारी दिनुभयो।
बुटवलमा ‘A’ लेभलको पोलिक्लिनिक खुलेपछि भूपूहरूले आफू लगायत आफ्ना परिवारको निःशुल्क उपचार गर्न गराउन पाउनु भएको र बुटवलमा सकेसम्म छिटोभन्दा छिटो PPO (Pension Paying Office) खोल्ने कुराको अवगत गराउनु भयो। उहाँले पल्टनमा उच्च मेडल पाएका भूपू र वीरनारीहरूलाई दोसल्ला ओढाएर सम्मान गर्नु भयो। गोर्खाली पल्टन हाम्रो भारतीय आर्मीको एक गौरवशाली र उच्च दर्जाको वीर पल्टन हो, जसको बुलन्द आवाज र वीरताले दुश्मनको होस उडेको कुरा गर्दै गोर्खालीले सेना मेडलदेखि शौर्य चक्रदेखि भिक्टोरिया क्रससम्मको इतिहास बोकेको कुरा नकार्न नसकिने बताउनु भयो।
गोर्खाली सेना मर्न र मार्नदेखि नडराउने विश्वले रुचाएको सेना हो। कायर हुनुभन्दा मर्नु राम्रो मान्ने वीर गोर्खाली सेनाकै कारण तपाईंहरूको वीरताको बयान गरेर नसक्ने उहाँले बताउनु भयो। गोर्खालीको नाम सुन्नेबित्तिकै गर्वले छाती फुल्ने बताउनु भयो। आफू र आफ्नो बाबा समेत यही वीर गोर्खा राइफलबाटै भएकोले गोर्खालीसँग एक किसिमको गहिरो सम्बन्ध रहेको जानकारी गराउनु भयो। भारत सरकारबाट सुरु गरिएका निःशुल्क कोर्स र शिक्षा जस्तै नर्सिङ, सिलाइ-बुनाइ, बुटिक, कम्प्युटर, ब्युटी पार्लरहरूमा आफ्ना सन्तानलाई भाग लिन लगाएर फाइदा लिनका लागि अनुरोध गर्नुभयो।

अन्तमा उहाँले सम्मेलनपछि भूपू सैनिकलाई आफ्नो गुनासो, राय-सुझाव पनि माग्नु भयो। भूपूहरूले ECHS, Part II Order of Son and Daughter and Marriage After Pension, PPO, अग्निवीर भर्ना र रेगुलर भर्ना तथा विभिन्न हकअधिकारको बारेमा प्रश्नोत्तर गर्नु भयो। भूपू सैनिकद्वारा गरिएका प्रश्नहरूको गहन अध्ययन गरी पहल गर्ने आश्वासन ले. जनरल संजीव चौहान ज्यूले बताउनु भयो। कार्यक्रम सैनिक सम्मेलनको तौरतरिकाको हिसाबबाट पेन्सन क्याम्पका सेक्रेटरी ज्यूले सञ्चालन गर्नु भएको थियो भने पेन्सन क्याम्प र भूपू सैनिक कल्याणकारी संघद्वारा सम्पूर्ण व्यवस्थापन गरिएको थियो।
यस सम्मेलनमा विभिन्न जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायत वरिपरिका जिल्लाका भूपू सैनिक र उनका परिवार तथा विभिन्न पल्टन र रेजिमेन्ट (Gorkha Rifle, Assam Rifle, Artillery, MAG, Special Frontier Force, Para Commando, Ordnance, Education, BSF etc.) का भूपू सैनिकहरूको बाक्लो उपस्थिति थियो। अन्तमा अतिथि लगायत सम्पूर्ण उपस्थित भूपू सैनिकहरूलाई चिया-नास्ताको प्रबन्ध गरिएको थियो भने बीचबीचमा नाचगानको कार्यक्रम पनि राखिएको थियो। कार्यक्रम बिहान ९ बजे सुरु भएर अपराह्न १ बजे समाप्त भएको थियो।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
