राधाचारक राजु, तिलोत्तमा ।
दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै तिलोत्तमा–१, शंकरनगर चोकमा सञ्चालित सोफा घर बुटवलले ग्राहकका लागि विशेष ‘धमाका अफर’ सार्वजनिक गरेको छ। लामो समयदेखि फर्निचर निर्माण तथा बिक्री–वितरणमा अनुभव हासिल गरेको संस्थाले तिलोत्तमा क्षेत्रमा समेत सेवा विस्तार गर्दै पर्व विशेष अफर ल्याएको हो।
सोफा घर बुटवलका अनुसार ग्राहकले कर्नर सोफा सेट, विभिन्न डिजाइनका काठका आलमारी, डाइनिङ टेबल, बेडलगायतका फर्निचर खरिद गर्दा चिठ्ठा प्राप्त गर्ने व्यवस्था गरिएको छ। खरिदसँगै प्राप्त हुने चिठ्ठामार्फत भाग्यशाली ग्राहकले विभिन्न आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्।
अफरअन्तर्गत थर्मस, मिक्स्चर ग्राइन्डर, स्टिलको पानी तताउने कितली, तन्ना तथा सिरानीका खोललगायतका उपहार राखिएको सोफा घर बुटवलले जनाएको छ। त्यस्तै, विशेष आकर्षणका रूपमा ३२ इन्चको एलइडी टेलिभिजन पनि चिठ्ठामार्फत प्रदान गरिनेछ।
संस्थाका सञ्चालक रमेश पोखरेलका अनुसार ग्राहकले फर्निचर खरिदसँगै चिठ्ठा प्राप्त गर्ने र दैनिक रूपमा विभिन्न उपहार प्राप्त गर्ने अवसरसमेत रहनेछ। तर ३२ इन्चको एलइडी टिभीका लागि राखिएको चिठ्ठा भने छठ पर्वको भोलिपल्ट खोलिने उनले जानकारी दिए।
“व्यवसायिक लाभको उद्देश्य सबै व्यापारिक संस्थाले राखेका हुन्छन्। तर चाडपर्वको अवसरमा ग्राहकसँग खुसी साटासाट गर्न पाउनु पनि व्यवसायीका लागि उत्सवभन्दा कम होइन,” सञ्चालक पोखरेलले भने।
पोखरेलले फर्निचर खरिद गर्न चाहने ग्राहकलाई शंकरनगर चोकस्थित सोफा घर बुटवलमा आई आफूलाई आवश्यक फर्निचर छनोट गर्न तथा खरिदसँगै चिठ्ठा लिएर भाग्य आजमाउन आग्रह गरेका छन्। उनका अनुसार यसपालीको चाडपर्वमा भारी छुटको व्यवस्था मिलाइएको छ ।

गुणस्तरीय फर्निचरलाई उचित मूल्यमा उपलब्ध गराउँदै आएको दाबी गर्ने सोफा घर बुटवलले ग्राहकको आवश्यकता र रोजाइअनुसार विभिन्न डिजाइन तथा प्रकारका फर्निचर उपलब्ध गराउँदै आएको जनाएको छ। संस्थाका पोखरा र काठमाडौंमा समेत शाखा सञ्चालनमा रहेका छन्।
पर्व विशेष अवसरमा ग्राहकसँगको सम्बन्धलाई अझ आत्मीय बनाउने उद्देश्यले अफर ल्याइएको बताउँदै पोखरेलले आगामी दसैं, तिहार तथा छठ पर्वका अवसरमा स्थानीयवासी तथा सम्पूर्ण ग्राहक महानुभावमा सुख, शान्ति, सफलता, निरोगिता र प्रसन्नताको शुभकामना व्यक्त गरेका छन्।
“आगमनोन्मुख दसैं, तिहार र छठ पर्वले सबैको जीवनमा सुख, शान्ति, सफलता र समृद्धि ल्याओस्,” पोखरेलले आफ्नो तथा सोफा घर बुटवल परिवारका तर्फबाट शुभेच्छा व्यक्त गरेका थिए। ग्राहकको अर्डरअनुसार आफुहरुले सबै किसिमका फर्निचर बनाई ग्राहकलाई उपलब्ध गराउँदै आएको पोखरेलले बताए ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
