logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

नयाँ वर्षमा अनलाइनबाट सबैभन्दा धेरै आलु भुजिया, सफ्ट ड्रिंक्स र कन्डम मगाइयो

नयाँ वर्षमा अनलाइनबाट सबैभन्दा धेरै आलु भुजिया, सफ्ट ड्रिंक्स र कन्डम मगाइयो


  • बिहिबार, पुष १८ २०८१
  • 624
    SHARES

    अंग्रेजी नयाँ वर्ष विश्वभर धुमधामसँग मनाइन्छ । अझै नयाँ वर्ष शुरू हुनुभन्दा अघिल्लो दिन ‘न्युइयर इभ’समेत मनाउने गरिन्छ । 

    न्युइयर र इभमा धेरैजसोले साथीभाइ र घरपरिवारसँग मिलेर रमाइलो गर्ने गरेका छन् । 

    रमाइलोमा खानपिन हुने नै भयो । अहिले त अनलाइनको जमाना छ । जे मन लाग्यो अनलाइनमा अर्डर गर्‍यो घरमै आइपुग्छ। 

    अनि न्युइयरइभमा मानिसहरूले केके अर्डर गरे त ? एउटा भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारअनुसार न्युइयरइभमा धेरै मानिसले आलु भुजिया, सफ्ट ड्रिंक र बरफलगायत अर्डर गरेका थिए । अझै रोचक त के छ भने कन्डमको मागसमेत ह्यवात्तै बढेको थियो । 

    अनलाइन सामान बेच्ने कम्पनी ब्लिंकिट(भारत)का सीईओ अलबिंदर ढिन्डसाले सामाजिक सञ्जालमा पनि यसबारे पूरा विवरण राखेका छन् ।

    उनले नयाँ वर्षको पार्टीअघि मानिसहरूले ब्लिन्किटबाट २.२५ लाखभन्दा बढी आलु भुजिया प्याक अर्डर गरेको जानकारी दिएका छन् ।  ४५ हजारभन्दा बढी सफ्ट ड्रिंकको क्यान अर्डर गरिएको उनको भनाइ छ । यस्तै, झण्डै सात हजार प्याक गरिएको बरफ अर्डर गरिएको थियो। 

    यस्तै, स्विगी इन्स्टामार्टमा बरफको ठूलो माग पनि देखिएको थियो । कम्पनीका सह-संस्थापक फानी किशनका अनुसार एक मिनेटमा ११९ किलो बरफ माग गरिएको थियो । 

    यति मात्रै होइन ३१ डिसेम्बरको दिउँसो स्विगी इन्स्टामार्टले चार हजार ७७९ प्याकेट कन्डम बिक्री गरेको थियो । तर, राति कन्डमको माग ह्यवात्तै बढेको कम्पनीले जनाएको छ । कम्पनीले राति १.२ लाख प्याकेट कन्डम डेलिभर गरेको थियो । 

    नयाँ वर्षको पार्टीअघि अन्डरवियरको पनि ठूलो माग देखिएको थियो ।  ब्लिन्किटले डिसेम्बर ३१ मा बेचेका जति अंडरवियर एक हप्तामा पनि बेचेको थिइन । 

    प्रकाशित : बिहिबार, १८ पुष २०८१ , ०८:२२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend