logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

सशस्त्र प्रहरीमा एक हजार बढीको भर्ना खुल्यो

सशस्त्र प्रहरीमा एक हजार बढीको भर्ना खुल्यो


  • शुक्रबार, पुष १९ २०८१
  • 637
    SHARES

    काठमाडौँ, पुस १९ गते । सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना आवेदन खुल्ला गरेको छ ।  शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना आवेदन खुल्ला खुलेको हो ।

    सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षकमा ८३ जना र सशस्त्र प्रहरी जवानमा ९४१ जनाका लागि भर्ना खुलेको छ ।यसै गरी भान्छे २० जना, कुचीकार १९ जना, सूचिकार १० जना, केशकर्तक २४ जना र चर्मकर्मी १४ जनाका लागि पनि सशस्त्र प्रहरीमा जागिरको अवसर छ ।

    दरखास्त दिने म्याद पुस २४ गतेदेखि माघ २४ गतेसम्म छ । सूचनामा लेखिएअनुसार दरखास्त फाराम भरेकाहरूको सम्पर्क मिति फागुन ६ गते तोकिएको छ ।

    आवेदन सूचना: 

    प्रकाशित : शुक्रबार, १९ पुष २०८१ , ०४:४८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend