logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

आफ्नै छोराको हत्या आरोपमा ७६ वर्षीय एक वृद्ध पक्राउ

आफ्नै छोराको हत्या आरोपमा ७६ वर्षीय एक वृद्ध पक्राउ


  • आइतबार, पुष २१ २०८१
  • 871
    SHARES

    काठमाडौँ, २१ पुसः आफ्नै छोराको हत्या गरेको आरोपमा सिन्धुली प्रहरी ७६ वर्षीय एक वृद्धलाई पक्राउ गरेको छ। 

    ४९ वर्षीय माइला भन्ने लिलाबहादुर पुर्कोटी सार्कीको हत्या गरेको अभियोगमा प्रहरीले हरिहरपुरगढी गाउँपालिका-३ चपराडाँडा बस्ने ७६ वर्षीय डोमान सिंह सार्कीलाई शनिबार राति पक्राउ गरेको हो।

    घरायसी विवादमा डोमान सिंहले गल प्रहार गर्दा लिलाबहादुर गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो। 

    घटनाको जानकारी पाएपछि प्रहरी चौकी हरिहरपुरगढीबाट खटिएको प्रहरीले आरोपी वृद्धलाई घरबाटै पक्राउ गरेको हो। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

    प्रकाशित : आइतबार, २१ पुष २०८१ , ०८:१९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend