logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

४६ जनाले सामूहिक राजीनामा दिँदै छाडे एमाले

४६ जनाले सामूहिक राजीनामा दिँदै छाडे एमाले


  • सोमबार, पुष २२ २०८१
  • 299
    SHARES

    लोकसारथि, २२ पुस, सोमबार । पार्टीभित्र रहँदा-पटक अपमानित हुनुपरेको भन्दै कैलालीको गोदावरी नगर कमिटीका ४६ जना सदस्यले नेकपा (एमाले) परित्याग गरेको भन्दै सामूहिक राजीनामा दिएका छन् ।

    नेकपापछि एमालेमे रहेका माओवादी धारका उनीहरूले आफूहरू पूर्वमाओवादी भनेर अपहेलित हुनुपरेको उल्लेख गरेका छन् । ‘यहाँभित्र एमाले भएर बस्दा पनि हामीले पटक-पटक अपमानित हुनुपर्ने, राजनीतिको रूपमा पूर्वमाओवादी भनेर अपहेलित हुनुपर्ने, मूल नेतृत्वकै विरुद्ध तलैसम्म गुटबन्दी गर्ने परम्पराभित्र अब बस्न सकिन्न भन्ने निष्कर्षमा हामी पुगेकै हो,’ सामूहिक राजीनामा पत्रमा उल्लेख छ ।

    साथै उनीहरूले एमाले नेताहरूले ‘जनयुद्ध’का बारेमा लगातार प्रहार गरेको भन्दै त्यसमा पनि असहमति जनाएका छन् । उनीहरूको राजीनामा पत्रमा यही ११ पुसको मिति लेखिएको छ ।

    प्रकाशित : सोमबार, २२ पुष २०८१ , ०५:३९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend