logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

लेखा समिति सभापति पोखरेलका स्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी

लेखा समिति सभापति पोखरेलका स्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी


  • सोमबार, पुष २२ २०८१
  • 806
    SHARES

    विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमार पोखरेललाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

    ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न मोरङ जिल्ला अदालतले अनुमति दिएको हो । अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । 

    अनिललाई पक्राउ गर्न अदालतले अनुमति दिएको सूचना अधिकारी हेमबहादुर  बुढाथोकीले सञ्चारकर्मीलाइ जानकारी दिए ।

    केही दिनअघि मात्रै सभापति पोखरेलले स्वकीय सचिव अनिललाई पक्राउ पर्ने पक्का भएपछिबर्खास्त गरेका थिए ।

    जबकि यो घटना पुरानै भए पनि उनले थमौती गरेका थिए । 

    प्रकाशित : सोमबार, २२ पुष २०८१ , ११:२७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend