logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

बलात्कारपछि हत्या : वडाध्यक्ष र शिक्षक पुर्पक्षका लागि थुनामा

बलात्कारपछि हत्या : वडाध्यक्ष र शिक्षक पुर्पक्षका लागि थुनामा


  • सोमबार, पुष २२ २०८१
  • 702
    SHARES

    जनकपुरधाम । जबरजस्ती करणी मुद्दामा पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिका- १ का वडाध्यक्ष धीरेन्द्रकुमार साह अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा पुगेका छन् ।

    सप्तरी जिल्ला अदालतको आदेशले वडाध्यक्ष साह र शिक्षक राजनारयण साह थुनामा पुगेका हुन् । न्यायाधीश दीपक धितालको सोमबारको इजलासले दुबैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हाे ।

    साह उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । नवनिर्वाचित वडाध्यक्ष साह मंसिर २० मा शपथ लिँदै गर्दा पक्राउ परेका थिए ।

    नवनिर्वाचित वडाध्यक्षसहित ६ जनाविरुद्ध जबरजस्ती करणी गरी कर्तव्य ज्यान गरेको र व्यक्ति बेपत्ता गरेकोसम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता रहेको छ ।

    सन्तोषीकुमारी साहलाई बलात्कार गरी हत्या गरेको आरोप वडाध्यक्ष साहसहितका समूहमाथि लागेको छ । आफ्नी दिदीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका १३ वर्षका भाइ नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोपमा मुद्दा दर्ता भएको थियो ।

    २०७९ फागुनमा डाक्नेश्वरी नगरपालिका- १ माधोपुर टोलस्थित आँपको बगैंचाबाट मुखमा रुमाल कोचेर नितिशलाई अहपरण गरी बेपत्ता पारिएको थियो । अहिलेसम्म पनि नितिश बेपत्ता छन् ।

    प्रकाशित : सोमबार, २२ पुष २०८१ , ०१:४५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend