logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

एक महिलाले गरिन् आफ्ना दुई छोरीको हत्या

एक महिलाले गरिन् आफ्ना दुई छोरीको हत्या


  • बिहिबार, पुष २५ २०८१
  • 689
    SHARES

    काठमाडौँ, २५ पुस: सल्यानमा एक महिलाले आफ्ना दुई छोरीको हत्या गरेकी छन्। बिहान बनगाड कुपिण्डे नगरपालिका-११ सिस्नेपातलमा आमाले दुई छोरीको हत्या गरेकी हुन्।

    घटनास्थल पुगेको प्रहरी टोलीले सोधपुछ गर्दा २५ वर्षीया आमा पूर्णिमा रानाले नै हत्या गरेको स्वीकार गरेकी छन्। उनले ३ वर्षीया छोरी करिष्मा र ६ महिनाकी छोरी राघवीको हत्या गरेकी हुन्। बालिकाका बुबा टेकमान राना भने रोजगारीका क्रममा नुवाकोटमा रहेको प्रहरीले जनाएको छ।

    प्रहरीले सोधपुछ गर्दा पूर्णिमाले श्रीमानसँग बेलाबेलामा हुने घरायसी विवादका कारण छोरीहरूको हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक केशरकुमार न्यौपानेले बताए। कपडाको सलले घाँटी थिचेर आफूले छोरीहरूको हत्या गरेको प्रहरीसँगको बयानमा भनेकी छन्।

    प्रहरीले पूर्णिमालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ। 

    प्रकाशित : बिहिबार, २५ पुष २०८१ , ०४:०२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend