logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

लुम्बिनी प्रदेशले माघ २ गते सार्वजनिक विदा दिने

लुम्बिनी प्रदेशले माघ २ गते सार्वजनिक विदा दिने


  • सोमबार, पुष २९ २०८१
  • 663
    SHARES

    दाङ । लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने भएको छ । माघे संक्रान्ती तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक बर्ष सार्वजनिक विदा दिदै आएको छ ।

    यस बर्ष पनि माघे संक्रान्ती तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका बरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले जानकारी दिए । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे संक्रान्ती तथा माघ पर्वको अवसरमा सार्वजनिक विदा निर्णय गरेको हो ।

    माघ १ गते राष्ट्रिय विदा क्यालेण्डरमा निर्धारित गरिएपछि प्रदेश सरकारले माघ २ गते विदा दिएको हो । थारु समुदायले माघी पर्वलाई ३ दिन बिभिन्न कार्यक्रम गरेर मनाउने गर्दछन् ।

    प्रकाशित : सोमबार, २९ पुष २०८१ , ११:३३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend