logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

विश्व सिमसार दिवस मनाइँदै

विश्व सिमसार दिवस मनाइँदै


  • आइतबार, माघ २० २०८१
  • 338
    SHARES

    काठमण्डु- सिमसार क्षेत्र भनेको यस्तो भू-भाग हो जुन आंशिक रूपमा वा पूर्ण रूपमा पानीले ढाकिएको हुन्छ, चाहे त्यो स्थायी रूपमा होस् वा अस्थायी रूपमा। यी क्षेत्रहरू प्राकृतिक वा कृत्रिम, स्थायी वा मौसमी, ताजा, खारी (नुनिलो), वा मसिनो पानी भएका हुन सक्छन्।

    सिमसार क्षेत्रका विशेषता:

    1. पानीको उपस्थिति: जमिन सतहमाथि वा मुनि पानी हुन्छ।
    2. जैविक विविधता: विभिन्न प्रकारका वनस्पति, जलचर, चराचुरुङ्गी, र जनावरहरूको वासस्थान।
    3. प्राकृतिक र कृत्रिम: ताल, पोखरी, नदी किनारा, धान खेत, बगैचा सिमसार, आदिमा पर्छन्।
    • कोसी टापु (नेपाल)
    • जगदीशपुर जलाशय
    • घोडाघोडी ताल
    • बेघनास ताल

    आदि सिमसार क्षेत्रका उदाहरणहरु हुन् ।

    सिमसार क्षेत्रका महत्व:

    • पर्यावरणीय सन्तुलन कायम राख्छ।
    • पानी शुद्धिकरण र भू-जल पुनः भरण गर्छ।
    • माछा पालन, कृषि, पर्यटन जस्ता आर्थिक गतिविधिका लागि उपयोगी।
    • चराचुरुङ्गी र जलचरहरूको वासस्थान।

    ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आइतबार विश्व सिमसार दिवस मनाइँदै छ । तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ ।

    संयुक्त राष्ट्रसंंघले सन् २०२१ अगष्ट ३० मा हरेक वर्षको फेब्रुअरी २ मा विश्वभर सिमसार दिवस मनाउने निर्णय गरेको थियो । सन् १९७१ मा क्यास्पियन समुद्रको किनारमा रहेको इरानको सहर रामसारमा आयोजित अन्तर्राष्ट्रिय महत्वको सिमसारसम्बन्धी महासन्धिको अङ्गीकार गरिएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो ।

    संरक्षित क्षेत्रहरूको घोषणा, प्रभावकारी नीतिको कार्यान्वयन र ज्ञान आदानप्रदानमार्फत महासन्धिले राष्ट्रहरूलाई आफ्ना जलाधार क्षेत्रहरूको संरक्षण र दिगो उपयोगका लागि आवश्यक कदम उठाउन सक्षम बनाउने उद्देश्यले दिवस मनाइने गरिएको छ । कुल एक सय ७२ राष्ट्रले अङ्गीकार गरेको यस महासन्धिमा सहभागी हुने देशले अन्तर्राष्ट्रिय महत्वका सिमसार क्षेत्रको सूची ९रामसार क्षेत्र०मा कम्तीमा एउटा जलाधार समावेश गर्नैपर्ने नियम छ ।

    अहिले नेपालको कोशी टप्पु वन्यजन्तु आरक्ष, राराताल, माईपोखरी, फोक्सुण्डो ताल, बिसहजारी ताल, घोडाघोडी ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल, जगदीशपुर जलासय र पोखरा उपत्यका तथा त्यस क्षेत्रका नौवटा तालको समूह रामसार सूचीमा समावेश छन् ।

    सिमसार क्षेत्र भन्नाले प्र्राकृृतिक अथवा कृृत्रिम रूपले सृजना भई स्थायी वा अस्थायी रूपमा पानीले ढाकेको, पानी बग्ने वा झरनाका रूपमा खसेर बनेको दलदल, धाप, जरुवा क्षेत्र वा नुनिलो तथा क्षारयुक्त पानी रहेको ठाउँ वा भूभोगलाई बुझिन्छ । नेपालको राष्ट्रिय सिमसार नीति, २०६९ अनुसार सिमसार भनेको पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्र हो ।

    नेपाल एक पर्वतीय देश भएको र यहाँ जल, जमिन, जङ्गल, वनस्पति एवं खनिज पदार्थजस्ता प्राकृतिक स्रोतहरूको अपार भण्डार रहेको छ । नेपालको कुल क्षेत्रफलमध्ये आठ लाख १९ हजार दुई सय ७७ हेक्टर (करिब पाँच प्रतिशत) सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रहरूमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र रहेका छन् ।

    प्रकाशित : आइतबार, २० माघ २०८१ , ०२:२९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend