logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

आज हिंसात्मक अतिवाद रोकथाम दिवस

आज हिंसात्मक अतिवाद रोकथाम दिवस


  • बुधबार, माघ ३० २०८१
  • 923
    SHARES

    काठमाडौं : आज विश्वभर हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै छ।

    संयुक्त राष्ट्रसंघको आह्वानमा मनाइने यो अन्तरराष्ट्रिय दिवसमा आतङ्कवादको प्रतिरोध र त्यस निम्ति अनुकुल हुने हिंसात्मक अतिवाद रोक्न अन्तरसरकारी संस्था, नागरिक समाज, शिक्षाविद्, धार्मिक नेता र सञ्चारमाध्यमले अतिवादविरुद्ध सचेतना फैलाउने गरेका छन् । 

    आतङ्कवाद र हिंसात्मक अतिवादलाई कुनै पनि धर्म, राष्ट्रियता, सभ्यता वा जातीय समूहसँग जोड्न नहुनेमा जोड दिँदै राष्ट्रसंघीय महासभाले हरेक वर्ष फेब्रुअरी १२ मा यो दिवस मनाउने घोषणा गरेको हो। 

    विश्व शान्ति, सुरक्षा, मानवअधिकार र दिगो विकासलाई प्रभावित पार्ने हिंसात्मक अतिवादलाई परास्त गर्दै धार्मिक, साँस्कृतिक, सामाजिक, सहिष्णुताको सन्देश प्रवाह गर्न राष्ट्रसंघले यो दिवस मनाउन आह्वान गरेको हो।

    सन् २०१६ मा महासचिव वान कि मुनले हिंसात्मक अतिवाद रोक्नेसम्बन्धी कार्ययोजना महासभामा प्रस्तुत गरेसँगै यो दिवस मनाउन आरम्भ भएको हो।

    प्रकाशित : बुधबार, ३० माघ २०८१ , ०२:१८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend