logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

फागुन ३ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

फागुन ३ गते शनिबार, यस्तो छ तपाईंको राशिफल


  • शनिबार, फाल्गुन ३ २०८१
  • 767
    SHARES

    आज विक्रम संवत २०८१ साल फाल्गुन, ३ गते, शनिबार । ईश्वी सन् २०२५ फेव्रुवरी १५ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । तिथि–तृतीया, ३९ घडी ५३ पला, बेलुकी १० बजेर ४१ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–उत्तराफाल्गुनी, ४५ घडी १५ पला, रातको १२ बजेर ५० मिनेट उप्रान्त हस्त । योग–सुकर्मा, १  घडी २३ पला, बिहान ७ बजेर १७ मिनेट उप्रान्त धृती । करण–वणिज, बिहान ९ बजेर ४९ मिनेट उप्रान्त भद्रा, बेलुकी १० बजेर ४१ मिनेट उप्रान्त बव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४३ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५४ मिनेट । दिनमान २७ घडी ५७ पला ।

    आजको बार बेला   
    बिहान ०६ बजेर ४३ मिनेटसम्म काल बेला ।
    बिहान ६ बजेर ४४ मिनेटदेखि बिहान ८ बजेर ७ मिनेटसम्म शुभ बेला ।
    बिहान ८ बजेर ८ मिनेटदेखि बिहान ९ बजेर ३१ मिनेटसम्म रोग  बेला ।
    बिहान ०९ बजेर ३२ मिनेटदेखि बिहान १० बजेर ५५ मिनेटसम्म उद्धेग बेला ।
    बिहान १० बजेर ५६ मिनेटदेखि बिहान १२ बजेर १९ मिनेटसम्म चर बेला ।
    मध्यान्ह १२ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म लाभ बेला ।
    दिँउँसो १ बजेर ४४  मिनेटदेखि दिउँसो ३ बजेर  ६ मिनेटसम्म अमृत बेला ।
    दिउँसो ४  बजेर ७ मिनेटदेखि बेलुकी ४ बजेर ३० मिनेटसम्म काल बेला ।
    बेलुकी ४ बजेर ३१ मिनेटदेखि बेलुकी ७ बजेर ३० मिनेटसम्म लाभ बेला ।
    नोट :  शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

    राहुकाल
    बिहान ९ बजेर ३१ मिनेटदेखि बिहान १० बजेर ५४ मिनेटसम्म राहुकाल रहनेछ ।
    नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्न शास्त्रीय निर्देशन रहेको छ ।

    आजको राशिफल

    मेष : (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) लामो समयदेखि रोकिएका कामहरु सम्पन्न हुनाले मन प्रशन्न हुनेछ । निर्माण सामाग्री, खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । आफन्त तथा मावलीको सहयोग प्राप्त हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले यात्राको अवसर जुराउनेछ । पारिवारिक यात्रा, भेटघाट, किनमेल तथा खानपानमा समय खर्च हुनेछ । दिन शुभ रहेको छ । द्रव्य लाभ, शत्रु विजय, खेल–परीक्षा आदिमा सफलता हुन सक्छ ।

    वृष : (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) लामो समयदेखि थाती रहेको काम बन्नेछ भने बिभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पति संग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरु हल भएर जानेछन् भने मित्रहरुको सहयोग रहनाले समयमा कामहरु बन्नेछन् । पढाइ लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अलिक बढी मेहनेत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । पारिवारिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । तपाईंका लागि समय शुभ नहुँदा कार्य नाश, सन्तान–कष्ट, वायु विकार हुने सम्भावना छ ।

    मिथुन : (का,कि,कु,घ,ङ,छ,के,को,हा) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव बढ्ने योग रहेकोछ । राजनीति तथा सामाजिक काममा जनताको आलोचनात्मक समर्थन पाइनेछ । आफन्त तथा ईष्ट मित्रसँग टाडिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ । र, पनि खाद्यान्न, निर्माण सामाग्री, सवारी साधनको खरिद बिक्री, कृषि तथा पशुपालन व्यवसायबाट आम्दानी गर्न सकिनेछ । समय अनुकूल देखिँदैन । अपच, दिनचर्या अस्तव्यस्त, दौडधूप, परिवारमा विवाद हुन सक्छ ।

    कर्कट :  (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) उद्योग तथा दैनिक उपभोग्य सामानको व्यापारमा लागानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो दुरीको  उपलब्धिमूलक यात्राको तय गर्न सकिनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । पुराना विवादित विषयहरु हल भएर जानेछन् । कामको शिलशिलामा विदेश यात्राको योग रहेकोछ ।तपाईंका लागि समय शुभ छ । पैसा प्राप्ति, सम्मान, उन्नति–प्रगति हुने सम्भावना देखिन्छ ।

    सिंह : (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) व्यवसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । परिवारका साथ शुभ तथा मांगलिक सभासमारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ । समय शुभकारक देखिँदैन । धन नाश, मानसिक अस्थिरता, आँखामा समस्या आउन सक्छ ।

    कन्या : (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) अध्ययन तथा प्रतिस्पर्धामा तपाईको नाम एक कदम अघि आउनेछ भने प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवीहरुले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेकोछ । समयानुकुल चल्न सकिने हुनाले र व्यापारमा भनेजस्तो आम्दानी हुने र आर्थिक अवस्था सुदृड रहनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । दिन शुभकारक छ । धन, कोसेली, पुरस्कार प्राप्ति तथा उत्तम भोजनको सम्भावना छ ।

    तुला : (रा,रि,रु,रे,रो,ता,थि,तु,ते)  काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवान हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाइलो महशुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । र,पनि वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैयाँ पैसा हातलागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन वा काम  गर्नेहरुका लागि समयले साथ दिनेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । सजग रहनु बेस होला । अस्वस्थता, इष्टमित्रसँग विवाद, चोटपटक नहोला भन्न सकिन्न ।

    वृश्चिक : (तो,ना,नि,नु,ने,नो,या,यि,यु) विभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउनेछन् भने प्रसस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । शत्रु तथा प्रतिस्पर्धीहरु परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईंकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा लगानी गरी भनेजस्तो नाफा कमाउन सकिनेछ । भनेको समयमा सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुशीयाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । परिवारका साथ खानपान, घुमफिर तथा किनमेलमा समय व्यतित हुनेछ ।  तपाईंका लागि समय शुभ भएकाले लाभ, मिष्ठान्न भोजन, द्रव्य प्राप्ति हुन सक्छ ।

    धनु : (ये,यो,भा,भि,भू,ध,फा,ढा,भे) बौद्धिक क्षमतामा बृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउने योग रहेकोछ । प्रतिष्ठित व्यक्तिको सहयोगले उपलब्धिमूलक कामहरु बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । शत्रु परास्त हुनेछने भने विद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम आउनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा मन प्रशन्न रहनेछ । शुभ तथा मांगलिक समारोहमा समहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समय शुभ भएकाले सुख–सन्तोष, कार्य सिद्धि, शारीरिक निरोगिता, क्षमता वृद्धि होला ।

    मकर : (भो,जा,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) अध्ययन वा कामबाट विश्राम पाइनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुची बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिरगई टीका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ । माया प्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अवसर जुर्नेछ । पारिवारिक यात्रा तथा खानपानमा केही समय खर्च हुनेछ । दिन त्यति शुभ देखिँदैन । राज्यबाट भय, अपयश, व्यवसायमा अवरोध आउन सक्छ ।

    कुम्भ : (गु,गे,गो,सा,सि,सु,से,सो,दा) आफन्त तथा दिदिबहिनीसँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानीले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलीमा रुखोपना बढी आउने हुँदा आफन्त तथा साथीमाइहरु टाडिनेछन् । भौतिक सम्पत्ति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । र, पनि नसोचेको धन तथा सम्पत्ति प्रयोग गर्न पाइने हुँदा मन प्रशन्न रहनेछ । रोगको भय, बाधा–व्यवधान, धन हानि हुन सक्ने भएकाले सजगता अपनाउनु बेस हुनेछ ।

    मीन : (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आउनेछ भने बहुमुल्य धातु संग्रह गर्न सकिनेछ । शुभ चिन्तकहरुको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरु सम्पन्न हुनेछन् । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको प्रयोगमार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धवहरुको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरु गर्न सकिनेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । तपाईंका लागि समय बलवान् छ । धन लाभ, समस्या समाधान, पठनपाठनमा सफलता होला ।

    तपाईंको दिन शुभ रहोस् !

    प्रकाशित : शनिबार, ३ फाल्गुन २०८१ , १२:५२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend