logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

जुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा

जुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा


  • बिहिबार, फाल्गुन ८ २०८१
  • 910
    SHARES

    काठमाडौँ, ८ फागुनः जुम्ला जिल्लाका आठ वटा स्थानीय तहका ६० वडामध्ये १२ वडालाई बालविवाह मुक्त घोषणा गरिएको छ । 

    हिमा गाउँपालिकाका ७ वडामध्ये १, २, ३ र ५ नम्बर वडालाई बालविवाह मुक्त घोषणा गरिएको हो । बुधबार एक कार्यक्रमका बीच कनकासुन्दरी गाउँपालिका–४ र ५ पातारासी गाउँपालिका–५, तिला गाउँपालिका–६, गुठीचौर गाउँपालिका–४, सिन्जा गाउँपालिका–२, ४ र ६ लाई बालविवाह मुक्त घोषणा भएका हुन ।  

    यहाँका स्थानीय तहले प्लान नेपाल, पेस नेपाल, क्याड नेपाल, सर्वोदय नेपाल,किर्डाक, आइएनएफलगायतका गैरसरकारी सङ्घसंस्थासँगको सहकार्यमा ती वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिनुभयो ।

    दिगो विकासका लक्ष्य हासिल गर्ने सरकारको लक्ष्यअनुसार मुलुकलाई सन् २०३० सम्ममा बालविवाह मुक्त गर्न ती संस्थासँग सहकार्य भएको उहाँको कथन छ । 

    प्रकाशित : बिहिबार, ८ फाल्गुन २०८१ , ०५:५५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend