logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

अफ्रिकाको हिम्बा जनजाति: जहाँ महिलाहरू जीवनभर मात्र एक पटक नुहाउँछन्!

अफ्रिकाको हिम्बा जनजाति: जहाँ महिलाहरू जीवनभर मात्र एक पटक नुहाउँछन्!


  • सोमबार, फाल्गुन २६ २०८१
  • 767
    SHARES

    विनास्नान सफाइको अनौठो परम्परा

    विश्वभर नुहाउने परम्परा फरक-फरक छ। कतिपय मानिसहरू दिनमै धेरै पटक नुहाउँछन् भने केही दिनौंसम्म नुहाउँदैनन्। तर, अफ्रिकाको एक जनजाति यस्तो छ, जसका महिलाहरू पूरै जीवनभर मात्र एक पटक नुहाउँछन्। यो सुन्दा अनौठो लाग्न सक्छ, तर यो परम्परा सदियौंदेखि चल्दै आएको छ।

    कहाँ पाइन्छ यो अनौठो जनजाति?

    यो हिम्बा जनजाति हो, जुन अफ्रिका महादेशको उत्तरी नामिबिया क्षेत्रमा बसोबास गर्छ। यो जनजाति अर्ध-खानाबदोश हो र हजारौं वर्षदेखि आफ्ना परम्परागत संस्कारहरूलाई निरन्तरता दिइरहेको छ। हिम्बा जनजातिका महिलाहरूले जीवनभर एक मात्र पटक, अर्थात् आफ्नो विवाहको दिन मात्र नुहाउने चलन छ।

    हिम्बा जनजातिका मानिसहरू आफ्नो रातो छालाको रङ, अनौठो गहना, र सांस्कृतिक परम्पराहरू का कारण परिचित छन्। उनीहरूको जनसंख्या करिब ५०,००० रहेको मानिन्छ।

    ननुहाई शरीर सफा राख्ने तरिका

    नुहाउने परम्परा नभए पनि हिम्बा जनजाति सफाइका लागि विशेष तरिका अपनाउँछन्। उनीहरू रोगाणु र ब्याक्टेरियाबाट बच्न “धुवाँ स्नान” (Smoke Bath) गर्छन्। महिलाहरू विशेष जडीबुटीलाई पानीमा उमाल्छन् र त्यसको बाफबाट शरीर सफा गर्छन्। यसरी उनीहरूको शरीरबाट दुर्गन्ध आउँदैन

    त्यसैगरी, त्‍वचा सुरक्षित राख्न उनीहरू विशेष लोशन लगाउँछन्। यो लोशन जनावरहरूको बोसो र खनिज “हेमाटाइट” मिसाएर बनाइन्छ। यसले त्‍वचालाई घामबाट सुरक्षित राख्न मद्दत गर्छ।

    जीवनशैली र खानपान

    हिम्बा जनजाति कठोर मरुभूमि वातावरणमा बाँच्न अभ्यस्त छन्। उनीहरू प्रायः मकै वा बाजराबाट बनेको दलिया बिहान, दिउँसो र बेलुका खाने गर्छन्। विशेष अवसरहरू, जस्तै विवाह वा चाडपर्वमा मात्र मासु खाने चलन छ।

    अन्य अफ्रिकी आदिवासी समुदाय जस्तै, हिम्बा जनजाति पनि गाई पालनमा निर्भर छन्। जसको परिवारमा गाई छैन, उसलाई सम्मानजनक दृष्टिले हेरिँदैन। उनीहरू गाई, बाख्रा, र भेडा पाल्छन्। महिलाहरू गाई दुहुन र परिवारका अन्य जिम्मेवारीहरू सम्हाल्छन्।

    बच्चा जन्माउने अनौठो परम्परा

    हिम्बा जनजातिमा बच्चा जन्मिने दिन उसको वास्तविक जन्मदिन मानिँदैन। जब कुनै महिला बच्चाबारे सोच्न थाल्छिन्, त्यही दिनदेखि बच्चाको जन्म भएको मानिन्छ। गर्भधारण अघि नै महिलाहरूलाई “बच्चाको गीत” बनाउने परम्परा छ। उनीहरू जंगलको रूखमुनि बसेर विशेष गीत बनाउँछन् र त्यो गीत बच्चाको पहिचानको रूपमा प्रयोग गरिन्छ।

    आधुनिकतासँग हिम्बा जनजाति अझै अछूतो

    अफ्रिकाका धेरै आदिवासी समुदायहरू बिस्तारै आधुनिक संस्कृतिमा समाहित भइरहेका छन्, तर हिम्बा जनजाति अझै पनि आफ्नै प्राचीन परम्परा, रीति-रिवाज र जीवनशैली लाई कायम राख्न सफल भएको छ। आधुनिक सभ्यताको प्रभाव कम भए पनि, यो जनजाति आफ्ना मौलिक संस्कारहरू जोगाइराख्न प्रतिबद्ध देखिन्छ।

    प्रकाशित : सोमबार, २६ फाल्गुन २०८१ , १२:३८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend