logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको जानकारी: चैत ६ देखि शुक्र अस्त

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको जानकारी: चैत ६ देखि शुक्र अस्त


  • बुधबार, चैत्र ६ २०८१
  • 3.2K
    SHARES

    लोकसारथि, ६ चैत । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र ग्रह अस्त हुने जनाएको छ। समितिका अनुसार चैत ६ गते बुधबार राति ७ः२५ बजे पश्चिम दिशामा अस्त हुने शुक्र यही चैत १० गते आइतबार दिउँसो १ः१७ बजे पूर्वमा उदय हुनेछ।

    शुक्र अस्तको अवधिमा विशेष कार्यहरू जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन तथा उत्सव जस्ता धार्मिक अनुष्ठानहरू गर्न नहुने जनाइएको छ। तर, नित्यकर्म, पूजापाठ, जप, हवन, तर्पण, नित्य दान, न्वारन, पास्नी, श्राद्ध, मासिक कर्म भने गर्न सकिने बताइएको छ।

    सनातन धार्मिक मान्यताअनुसार बृहस्पति देवगुरु र शुक्र दैत्यगुरु मानिन्छन्। प्रत्येक वर्ष शुक्र र बृहस्पति ग्रह निश्चित समयका लागि अस्त हुने गर्छन्। ज्योतिषशास्त्रअनुसार शुक्र ग्रह पृथ्वी नजिक पुगेपछि सूर्यको प्रकाशले त्यसलाई ओझेलमा पार्नुलाई शुक्र अस्त भनिन्छ।

    शास्त्रीय मान्यता अनुसार शुक्र अस्त हुनु डेढ दिन अघि र उदाएको डेढ दिनसम्म धार्मिक क्रियाकलाप निषेध गरिएको छ। विशेष रूपमा, गृह निर्माण, गृह प्रवेश, मूर्ति स्थापना, विवाह, व्रतबन्ध, तीर्थयात्रा, राजकीय कार्य, सन्यास ग्रहण, तथा अन्य पवित्र कार्य शुक्र अस्तको समयमा गर्न नहुने उल्लेख छ।

    शुक्रको दशा चलिरहेका व्यक्तिहरूलाई यसको विशेष प्रभाव पर्न सक्ने भएकाले यो अवधिमा शुभकार्य गर्न शास्त्रले मना गरेको छ। तथापि, गयाश्राद्ध तथा गोदावरी तीर्थयात्रा भने गर्न सकिने उल्लेख गरिएको छ।

    धार्मिक मान्यताअनुसार, शुक्र अस्तको अवधिमा शुभकर्म टार्नुपर्ने भए पनि नित्य कर्म तथा अत्यावश्यक धार्मिक कार्य गर्न भने रोक लगाइएको छैन।

    प्रकाशित : बुधबार, ६ चैत्र २०८१ , ०५:१४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend