logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

अन्तर्राष्ट्रिय खुशीयाली दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

अन्तर्राष्ट्रिय खुशीयाली दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै


  • बिहिबार, चैत्र ७ २०८१
  • 767
    SHARES

    शंकरनगर, २० मार्च । आज विश्वभर अन्तर्राष्ट्रिय खुशीयाली दिवस विविध कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघ महासभाले सन् २०१२ को जुलाई १२ मा प्रत्येक वर्ष मार्च २० लाई अन्तर्राष्ट्रिय खुशीयाली दिवसका रूपमा मनाउने घोषणा गरेको थियो।

    संसारभरका मानिसहरूको जीवनमा खुसी र कल्याणको महत्त्वलाई सार्वभौम लक्ष्य र आकांक्षाका रूपमा स्थापित गर्नका लागि यो दिवस मनाउने निर्णय गरिएको हो। मानव जीवनमा खुशीको महत्त्वलाई मुख्य प्राथमिकता दिँदै यो दिवसले समाजमा सकारात्मक सोच, दायित्व र समृद्धिको भावना विकास गर्ने उद्देश्य राखेको छ।

    विशेषगरी, भुटानले यो दिवस मनाउने अवधारणालाई अघि सारेको थियो। सन् १९७० को दशकको शुरुदेखि नै भुटानले राष्ट्रिय आयको तुलनामा राष्ट्रिय खुसीलाई बढी महत्त्व दिएको थियो। भुटानले आर्थिक समृद्धिसँगै नागरिकको खुशीयालीलाई राष्ट्रको प्राथमिक लक्ष्यका रूपमा अपनाएको थियो।

    यस वर्ष पनि विभिन्न देशहरूमा सेमिनार, छलफल, सचेतनामूलक कार्यक्रम र खुशीयाली प्रवर्द्धन गर्ने गतिविधिहरू आयोजना गरिँदैछन्। खुशीयालीको महत्त्वलाई उजागर गर्दै समाजमा सकारात्मकता फैलाउने अभियान सञ्चालन गरिने जनाइएको छ।

    प्रकाशित : बिहिबार, ७ चैत्र २०८१ , ०३:१६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend