लोकसारथि, १० चैत । गुल्मेली सम्पर्क समाज रूपन्देहीको १७औँ साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशनबाट डा. नारायणप्रसाद पन्थ अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ।
नयाँ कार्यसमितिका अन्य पदाधिकारीहरूमा प्रथम उपाध्यक्ष हेम थापा, उपाध्यक्ष लक्ष्मण ज्ञवाली, महासचिव राजेन्द्र कुँवर, कोषाध्यक्ष बोमलाल भण्डारी, सचिव भोज खत्री, सह-कोषाध्यक्ष अर्जुनबहादुर कुँवर चयन भएका छन्। साथै, सदस्यहरू तुलसीराम कँडेल, लक्ष्मण अर्याल, सिर्जना मरासिनी, मोतीलाल गौतम, लक्ष्मी श्रेष्ठ, मन्दिरा शर्मा, माधवप्रसाद ज्ञवाली र कविराज श्रेष्ठ निर्वाचित भएका छन्।
निर्विरोध निर्वाचित अध्यक्ष डा. पन्थले आफ्नो कार्यकालमा समाजका गतिविधिहरूलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले संस्थाको मुल उद्देश्यअनुसार गुल्मीका व्यक्तिहरूलाई आपसी सहकार्य र एकताको भावनामा जोड्ने र समाजको हितका लागि आवश्यक योजनाहरू कार्यान्वयन गरिने बताउनुभयो।
यसअघि, निवर्तमान सचिव पुरुषोत्तम पाण्डेयले नव-निर्वाचित अध्यक्षसहित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।
गुल्मेली सम्पर्क समाज रूपन्देहीले विभिन्न सामाजिक, सांस्कृतिक तथा परोपकारी कार्यहरू गर्दै आइरहेको छ। नव-निर्वाचित नेतृत्वको कार्यकालले समाजलाई अझ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
