logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

दासत्व र ‘ट्रान्सएटलान्टिक’ दास व्यापारपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस आज मनाइँदै

दासत्व र ‘ट्रान्सएटलान्टिक’ दास व्यापारपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस आज मनाइँदै


  • मंगलबार, चैत्र १२ २०८१
  • 1K
    SHARES

    लोकसारथि, १२ चैत । आज दासत्व र ‘ट्रान्सएटलान्टिक’ दास व्यापारपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस विश्वभर मनाइँदैछ। सन् १८०७ मा संयुक्त अधिराज्य (ब्रिटेन) ले दास व्यापार उन्मूलन ऐन पारित गरेको सम्झनामा संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो।

    दासत्व उन्मूलनको ऐतिहासिक पृष्ठभूमि

    अफ्रिकी मुलुकहरूबाट श्रमका लागि लाखौं मानिसलाई संयुक्त अधिराज्य, अमेरिका लगायत विकसित राष्ट्रहरूमा दासका रूपमा काम गर्न बाध्य पारिएको इतिहास रहेको छ। मानव बेचबिखन र जबर्जस्ती श्रमको विरोधस्वरूप सन् १८०७ मा पारित ऐनले दास बेचबिखन, स्थानान्तरण, प्रयोग तथा विनिमयलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको थियो।

    समान पारिश्रमिक र श्रमिक अधिकारको माग

    यो दिवसले विशेष गरी वैश्विक श्रमिक वर्गको अधिकार, सम्मानजनक पारिश्रमिक र जबर्जस्ती श्रम उन्मूलनको आवश्यकतामा जोड दिन्छ। हालैका वर्षहरूमा मानव तस्करी, जबर्जस्ती श्रम, बालश्रम, तथा आधुनिक युगको दासत्व हटाउनका लागि विभिन्न अन्तर्राष्ट्रिय संगठनहरूले पहल गरिरहेका छन्।

    संयुक्त राष्ट्रसंघमा विशेष कार्यक्रम

    दिवसको अवसरमा आज न्युयोर्कस्थित राष्ट्रसंघीय प्रधान कार्यालयमा विशेष कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रममा नोबेल पुरस्कार विजेता ओल सोइनका ले दासत्व उन्मूलन तथा मानव अधिकारबारे प्रवचन दिने कार्यक्रम रहेको छ।

    दासत्व तथा मानव बेचबिखन इतिहासमा एउटा कालो अध्यायका रूपमा रहेको भन्दै यो दिवसले मानव स्वतन्त्रता र समानताका लागि अझ प्रभावकारी कदम चाल्न प्रेरणा दिने विश्व नेताहरूको विश्वास रहेको छ।

    प्रकाशित : मंगलबार, १२ चैत्र २०८१ , ०२:०१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend