logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

आज हनुमान जयन्ती, बालाजुको २२ धारामा मेला

आज हनुमान जयन्ती, बालाजुको २२ धारामा मेला


  • शनिबार, चैत्र ३० २०८१
  • 702
    SHARES

    काठमाडौं : चैत्र शुक्ल पूर्णिमा। वर्षको पहिलो पूर्णिमा। चैत्र शुक्ल प्रतिपदामा संवत्सर आरम्भ हुने भएकोले यसलाई पहिलो पूर्णिमा मानिन्छ।

    पञ्चाङ्गमा ५७ घडी ५६ पला अर्थात् आइतबार बिहान ४ बजेर ५५ मिनेटसम्म पूर्णिमा तिथि रहेको उल्लेख छ।

    यो दिन हनुमान जयन्ती मनाइन्छ। पवन र अञ्जनीपुत्र हनुमान भगवान रामका वाहनको रूपमा परिचित छन्।

    यो पूर्णिमाका अवसरमा विभिन्न तीर्थस्थलमा मेला तथा जात्रा लाग्छ।

    यो दिन बालाजुको २२ धारामा मेला लाग्छ। यो दिन २२ धारामा स्नान गर्नाले चर्मरोगबाट मुक्त भई दीर्घजीवन प्राप्त हुने तथा पारिवारिक सुख, शान्ति एवं समृद्धि कायम हुने विश्वास छ।

    यो दिनलाई नेवार समुदायले ल्हुतिपुन्हिको रूपमा मनाउँछ। बौद्ध समुदायको दुईदिने तेमाल जात्रा पनि यसै दिन सम्पन्न हुन्छ।

    पूर्णिमाको अघिल्लो दिन बुधबार बौद्धको जात्रामा सहभागी भएकाहरू बिहीबार बिहानै बालाजुको २२ धारामा स्नान गरी स्वयम्भू पुग्छन्।

    काठमाडौं आसपासका जिल्लाका तामाङ समुदायले यो दिन स्वयम्भू पुगेर दिवंगत आफन्तजनको नाममा बत्ती बाल्छन् र लामा गुरुहरुद्वारा पूजापाठ गराउँछन्।

    प्रकाशित : शनिबार, ३० चैत्र २०८१ , १०:५३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend