लोकसारथि, वैशाख ३, बुटवल।
कौशिक गोत्रीय महान विद्वान पण्डित बरुण कौशिकका सन्तानहरूद्वारा गठित सामाजिक संस्था ‘रुपन्देही लुइटेल बन्धु प्रतिष्ठान’ को तेस्रो साधारण सभा तथा तेस्रो अधिवेशन आज बुटवलको मणिमुकुन्द सेन उद्यानमा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता कार्यबाहक अध्यक्ष यम प्रसाद लुइटेलले गर्नुभएको थियो। रुपन्देही जिल्लाभरिका लुइटेल बन्धुहरूलाई एकताको सूत्रमा गाँस्दै आपसी सद्भाव र भाइचाराको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित अधिवेशनमा लुइटेल समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

अधिवेशनको उद्घाटनमा केन्द्रीय सदस्य होमनाथ लुइटेलले प्रमुख अतिथिको रूपमा संस्थाको उद्देश्य, इतिहास र महत्वबारे प्रकाश पार्दै मन्तव्य दिनुभयो। कार्यक्रम सञ्चालन संस्थाका सचिव लोकनाथ लुइटेलले गर्नुभएको थियो।
अधिवेशनको क्रममा पूर्व अध्यक्ष स्व. भुवा प्रसाद लुइटेलको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। कार्यक्रममा यम प्रसाद लुइटेलले विगतका गतिविधिको विवरण, र कोषाध्यक्ष लिलाघर लुइटेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।

मणिमुकुन्द सेन उद्यानका पूर्व अध्यक्ष तथा वर्तमान केन्द्रीय उद्यान समिति अध्यक्ष खेम प्रसाद लुइटेलले शुभकामना मन्तव्य दिँदै संस्थाको सामाजिक भूमिकाको प्रशंसा गर्नुभयो।
अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ, जसअनुसार:
-
अध्यक्ष: नारायण लुइटेल
-
उपाध्यक्ष: साबित्रा लुइटेल
-
सचिव: लोकनाथ लुइटेल
-
सह–सचिव: नैना कुमारी लुइटेल
-
कोषाध्यक्ष: लिलाघर लुइटेल
-
सदस्यहरू: एक नारायण लुइटेल, चेत नारायण लुइटेल, बाबुराम लुइटेल, भगवती लुइटेल, पार्वती जोशी लुइटेल
-
सल्लाहकारहरू: होमनाथ लुइटेल, यम प्रसाद लुइटेल, खेम प्रसाद लुइटेल

नवनिर्वाचित सदस्यहरूलाई प्रमुख अतिथिद्वारा गोपनियताको सपथ ग्रहण गराइएको थियो।
नवनिर्वाचित अध्यक्ष नरायण लुइटेलले प्रतिबद्धता व्यक्त गर्दै सबै सदस्यलाई बधाई ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको समापन कार्यबाहक अध्यक्ष यम प्रसाद लुइटेलले गर्नुभएको थियो।
कार्यक्रमले लुइटेल बन्धुहरूबीच एकता, सहभागिता र संस्थागत विकासको दृढ संकल्पका साथ नयाँ दिशा लिएको जनाइएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
