logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

भित्तेपात्रो विमोचनसँगै लुइटेल बन्धु समाजद्वारा कुल मन्दिर निर्माण स्थल अबलोकन र सम्मान कार्यक्रम सम्पन्न

भित्तेपात्रो विमोचनसँगै लुइटेल बन्धु समाजद्वारा कुल मन्दिर निर्माण स्थल अबलोकन र सम्मान कार्यक्रम सम्पन्न


  • शनिबार, बैशाख ६ २०८२
  • 3.9K
    SHARES

    लोकसारथि संवाददाता, लुम्बिनीं । ‘पूर्तिघाट-तराई लुइटेल बन्धु सम्पर्क समाज’को आयोजनामा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान, भित्ते पात्रो विमोचन, जेष्ठ लुइटेल बन्धुहरूलाई सम्मान तथा कुल मन्दिर निर्माण स्थलको अवलोकन एवं शिलान्याससम्बन्धी बृहत छलफल कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।

    कार्यक्रम संस्थाका सदस्य श्री लोकनाथ लुइटेलको घर परिसरमा आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष देव नारायण लुइटेलले गर्नुभएको थियो। अध्यक्ष लुइटेलले नयाँ वर्षको शुभकामना दिँदै, लुइटेल बंशको इतिहास, संस्कृति, रीतिरिवाज तथा वंशावलीसहित समेटिएको भित्ते पात्रोको विमोचन गर्नुभयो।

    कार्यक्रमका प्रमुख अतिथि लुइटेल वंशकी १७औं पुस्ताकी जेष्ठ आमा पार्वती लुइटेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। त्यस्तै, कुल मन्दिर निर्माणका लागि जग्गा दान गर्नुभएका जग्गादाता लोकनाथ लुइटेललाई पनि दोसल्ला ओढाएर सम्मान गरियो।

    पूर्तिघाट गुल्मीबाट पाल्नुभएका अतिथि टेक नारायण लुइटेल र उहाँकी श्रीमती लक्ष्मी लुइटेललाई खादा ओढाएर स्वागत गरिएको थियो।

    कार्यक्रममा लुइटेल बन्धु तथा चेलीबेटीको बाक्लो उपस्थिति थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव लोकनाथ लुइटेलले गर्नुभएको थियो।

    कार्यक्रममा चेत नारायण, बाबुराम, होमनाथ, तारानाथ लुइटेल लगायतले आ–आफ्नो मन्तव्य राख्दै कुल मन्दिर निर्माणमा चाँडो पहल गर्नुपर्ने सुझाव दिनुभएको थियो। चेली तर्फबाट राधिका रिजालले मन्तव्य राख्दै आफ्नो समर्थन व्यक्त गर्नुभयो।

    सदस्य जुना लुइटेलले स्वागत मन्तव्य दिनुभएको थियो भने उपाध्यक्ष चेत नारायण लुइटेलले धन्यवाद मन्तव्य राख्नुभयो।

    कुल मन्दिर निर्माण कार्यलाई अघि बढाउनका लागि निम्न उपसमिति गठन गरिएको छ —

    • संयोजक: चेत नारायण लुइटेल

    • सदस्यहरू: बाबुराम लुइटेल, होमनाथ लुइटेल, लोकनाथ लुइटेल र कृष्ण लुइटेल

    इतिहास, संस्कृति र वंशावली समेटिएको भित्ते पात्रो विमोचन, जेष्ठ बन्धुको सम्मान तथा कुल मन्दिर निर्माण सम्बन्धी व्यापक छलफलसहित निर्माण उपसमिति गठन हुनु सम्पूर्ण लुइटेल परिवारका लागि गर्वको विषय भएको अध्यक्ष देव नारायण लुइटेलले बताउनुभयो।

    उहाँले यस्तो प्रयासलाई निरन्तरता दिनु सबैको दायित्व र कर्तव्य भएको उल्लेख गर्दै कार्यक्रमको समापन गर्नुभयो।

    प्रकाशित : शनिबार, ६ बैशाख २०८२ , ०८:५६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend