logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

पुर्तिघाट तराई–मधेस सम्पर्क समाजद्वारा तीज मिलन कार्यक्रम भव्यताका साथ सम्पन्न

पुर्तिघाट तराई–मधेस सम्पर्क समाजद्वारा तीज मिलन कार्यक्रम भव्यताका साथ सम्पन्न


  • सोमबार, भाद्र २ २०८२
  • 4.1K
    SHARES

    लोकसारथि संवाददाता, रुपन्देही।
    गुल्मीको साविक पुर्तिघाट गाविस (हाल कालिगण्डकी गाउँपालिका–४) मा जन्मिएर विभिन्न कारणले तराईका विभिन्न क्षेत्रमा बसाइँसराइ गरेका बिभिन्न जातजाति, धर्म र संस्कृतिमा आस्था राख्ने पुर्तिघाटवासीहरूबीच आपसी जानपहिचान, देखभेट र शुभकामना आदान–प्रदान गर्ने उद्देश्यले गठन गरिएको पुर्तिघाट तराई–मधेस सम्पर्क समाजले आयोजना गरेको तीज मिलन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

    झण्डै एक सय बढी सदस्यहरूको उत्साहपूर्ण उपस्थितिमा सम्पन्न कार्यक्रममा समाजका अध्यक्ष बाबुराम लुइटेलको अध्यक्षता रहेको थियो भने कार्यक्रममा प्रमुख अतिथि क्या. कुलमान थापा, विशिष्ट अतिथि आसा थापा, सल्लाहकार श्याम थापा र समाजसेवी रुप बहादुर थापा लगायत बिभिन्न समाजसेवी, पत्रकार एवम् अग्रजहरूको बाक्लो उपस्थिति रहेको थियो।

    कार्यक्रमको उद्घाटन प्रमुख अतिथिद्वारा पानसमा बत्ती बालेर गरिएको थियो। त्यसपछि समाजका उपाध्यक्ष खेम थापाले स्वागत मन्तव्य राखेका थिए। कोषाध्यक्ष अशोक ठकुरी लगायत अन्य अतिथिहरूले पनि शुभकामना मन्तव्य दिएका थिए भने सह–सचिव होमनाथ शर्माले कार्यक्रम सञ्चालन गरेका थिए।

    यस अवसरमा समाजसेवी रुप बहादुर थापाले रु. ५१,०००/- (अक्षेरूपी एकाउन्न हजार) र प्रमुख अतिथि कुलमान थापाले रु. १०,०००/- (अक्षेरूपी दश हजार) सहयोग गरेका थिए।

    यसअघि, २०८२ साउन १० गते कालिगण्डकी गाउँपालिका–४ पुर्तिघाटवासीहरूको प्रथम भेलाबाट सम्पर्क समाजको औपचारिक रूपमा गठन गरिएको थियो। सो भेलाबाट बाबुराम लुइटेल शर्माको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति चयन भएको थियो।

    समाजको एकता, सम्बन्ध सुदृढीकरण तथा भावी गतिविधिलाई व्यवस्थित ढंगले अघि बढाउने जिम्मेवारीसहित गठन भएको समितिप्रति सम्पूर्ण पुर्तिघाटवासीले उच्च अपेक्षा व्यक्त गरेका छन्। अध्यक्ष लुइटेलका अनुसार बिभिन्न दाताबाट संकलित रकमबाट कोष खडा गरी दुखी, विपन्न तथा घातक रोग लागेका पुर्तिघाटवासी दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग गर्ने योजना रहेको छ।

    तीज मिलन कार्यक्रममा बचपनमा सङ्गै पढेका, खेलेका साथीभाइ र अग्रजहरूसँग भेट हुन पाउँदा, मौलिक तीज गीत गाएर रमाइलो गर्न पाउँदा आफूलाई विगतका दिनहरूको सम्झना दिलाएको धारणा धेरै सहभागीहरूले व्यक्त गरेका थिए। अध्यक्ष लुइटेलले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सम्पर्क समाजलाई सबैको साझा मंच बनाउन सबैलाई आह्वान गरेका थिए।

    प्रकाशित : सोमबार, २ भाद्र २०८२ , ०५:३८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend