logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

चन्द्र ग्रहणको असर कुन राशिका जातकलाई कस्तो हुने, थाहा पाउनुहोस्

चन्द्र ग्रहणको असर कुन राशिका जातकलाई कस्तो हुने, थाहा पाउनुहोस्


  • आइतबार, भाद्र २२ २०८२
  • 1.2K
    SHARES

    ज्योतिषाचार्य शैलेन्द्र पाण्डे का अनुसार, एउटा पूर्ण चन्द्र ग्रहणको प्रभाव यसको घटित हुनु भन्दा तीन महिना अगाडि र तीन महिना पछि सम्म रहन्छ । अर्थात् ग्रहणको असर करिब ६ महिना रहनेछ । आउनुहोस्, यो चन्द्र ग्रहणले सबै राशिमा कस्तो प्रभाव पार्नेछ भन्ने कुरा हेरौँ:

    मेष – रोकिएका कामहरू पूरा हुनेछन् । वाद–विवाद र मुद्दामामिलाबाट छुटकारा पाइनेछ । शत्रु र विरोधीहरू शान्त हुनेछन् । ग्रहणपछि सेतो वस्तु दान गर्दा लाभ हुनेछ ।

    वृष – जीवनका सबै बाधाहरू हट्नेछन् । करियरमा लाभदायी परिवर्तन हुनेछ । धन–सम्पत्तिसम्बन्धी समस्या हल हुनेछ । अनावश्यक विवाद टाढिनेछन् । ग्रहणपछि सेतो मिठाई दान गर्नेहरूले ठूलो लाभ पाउनेछन् ।

    मिथुन – मिथुन राशिका जातकहरूले केही सचेत रहनु पर्नेछ । स्वास्थ्य र मुद्दामामिलामा ध्यान दिनुहोस् । परिवारमा विवाद र करियरमा घाटा हुन सक्छ । सन्तान पक्षमा समस्या आउन सक्छ । यात्रामा विशेष सावधानी अपनाउनुहोस् । ग्रहणपछि दूध दान गर्दा लाभ हुनेछ ।

    कर्कट – कर्कट राशिका लागि यो चन्द्र ग्रहण निकै नकारात्मक हुनेछ । शिक्षा र करियरमा धेरै मेहनत गर्नु पर्नेछ । स्थान परिवर्तनका विषयमा सोचविचार गर्नुहोस् । स्वास्थ्यमा विशेष ध्यान दिनुहोस् । ग्रहण अवधिमा शिव मन्त्रको जप गर्नु लाभदायी हुनेछ ।

    सिंह – व्यापार र रोजगारीमा समस्या आउन सक्छ । वैवाहिक जीवनमा ध्यान दिनुहोस् । अहिले ठूलो लगानी नगर्नुहोस् । कुनै नयाँ काम सुरु नगर्नुहोस् । ग्रहणपछि चामल दान गर्नुहोस् ।

    कन्या – रोग–व्याधिबाट बचाव हुनेछ । स्वास्थ्यमा सुधार हुँदै जानेछ । रोकिएका काम पूरा हुनेछन् । शत्रु र विरोधीहरू परास्त हुनेछन् । ग्रहण समाप्त भएपछि सेतो मिठाई दान गर्नुहोस् ।

    तुला – करियरमा समस्या आउन सक्छ । आर्थिक क्षेत्रमा सचेत भएर निर्णय लिनुहोस् । लेखापढीसम्बन्धी काममा सावधानी अपनाउनुहोस् । प्रेम र सम्बन्धमा अपयश मिल्न सक्छ । ग्रहणपछि चामल दान गर्नुहोस् ।

    वृश्चिक – पारिवारिक समस्या र आँखासम्बन्धी रोगको सम्भावना छ । धन र सम्पत्तिको हानि हुन सक्छ । यात्रामा धेरै सचेत रहनुहोस् । ग्रहण अवधिमा शिव मन्त्रको जाप गर्नु लाभदायी हुनेछ ।

    धनु – करियरमा ठूलो अवसर प्राप्त हुन सक्छ । स्थान परिवर्तनको योग देखिन्छ । जागिरेलाई मनपर्ने स्थानमा सरुवा मिल्ने सम्भावना छ । रोकिएका कामहरू पूरा हुनेछन् । ग्रहणपछि दूध दान गर्नुहोस् ।

    मकर – आर्थिक क्षेत्रमा हानी हुन सक्छ । पारिवारिक जीवनमा समस्या आउन सक्छ । करियरमा लापरबाहीले अपयश मिल्न सक्छ । ग्रहणपछि प्रयोग हुने सेतो वस्तु दान गर्नुहोस् ।

    कुम्भ – यो चन्द्र ग्रहण कुम्भ राशिमै लाग्दैछ । आमा–बुबा र आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस् । करियरमा कुनै जोखिम नलिनुहोस् । प्रेम र सम्बन्धमा समस्या आउन सक्छ । ग्रहणपछि चामल दान गर्नुहोस् ।

    मीन – स्वास्थ्य र मानसिक अवस्थामा समस्या आउन सक्छ । पारिवारिक जीवनमा ध्यान दिनुहोस् । दुर्घटनाबाट सावधान रहनुहोस् । ग्रहण अवधिमा शिव मन्त्रको जाप गर्नु लाभदायी हुनेछ ।

    प्रकाशित : आइतबार, २२ भाद्र २०८२ , ०६:३२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend