logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

सर्वपितृ अमावस्यामा आफ्नो राशि अनुसार दान गर्नुहोस्, पितृदोषबाट मुक्ति मिल्ने विश्वास

सर्वपितृ अमावस्यामा आफ्नो राशि अनुसार दान गर्नुहोस्, पितृदोषबाट मुक्ति मिल्ने विश्वास


  • शुक्रबार, असोज ३ २०८२
  • 962
    SHARES

    काठमाडौं । सनातन धर्ममा अमावस्या तिथिलाई विशेष महत्व दिइन्छ । विशेषगरी पितृ पक्षको अन्तिम दिन पर्ने अमावस्यालाई सर्वपितृ अमावस्या भनिन्छ । यस दिनलाई महालय अमावस्या पनि भन्ने गरिन्छ । यो श्राद्ध पक्षको अन्तिम दिन भएकाले जसको मृत्यु तिथि थाहा छैन वा कुनै कारणले तोकिएको दिन श्राद्ध गर्न नसकिएको हो भने पनि यसै दिन तर्पण र श्राद्ध गर्न सकिन्छ ।

    शास्त्रीय मान्यताअनुसार यस दिन पितृ आत्मा पृथ्वीमा आइ आफ्नो वंशजसँग तर्पण र दानको अपेक्षा गर्छन् । श्रद्धा र विधिपूर्वक दान–पुण्य गरेमा पितृहरू प्रसन्न हुने र पितृदोषबाट मुक्ति मिल्ने विश्वास छ । ज्योतिषशास्त्रमा प्रत्येक राशिअनुसार दान गर्नुपर्ने सामग्री पनि उल्लेख गरिएको छ ।

    राशिअनुसार गर्नुपर्ने दान

    • मेष राशि : गहुँ, मसुरको दाल, रातो फलफूल र शरबत दान गर्नु लाभदायी हुन्छ ।

    • वृषभ राशि : दूध, दही र पैसाको दान गरी सम्पन्नता प्राप्त गर्न सकिन्छ ।

    • मिथुन राशि : हरियो तरकारी, साबुत मूंग दाल तथा हरियो रंगका कपडा दान गर्नु शुभ हुन्छ ।

    • कर्कट राशि : घिउ, दही, दूध र सेतो अन्न दान गर्दा पितृ कृपा प्राप्त हुन्छ ।

    • सिंह राशि : गुड र चनाको दाल दान गर्दा पितृदोषबाट मुक्ति मिल्ने विश्वास छ ।

    • कन्या राशि : चामल र सेतो मिठाई दान गर्दा पितृ दोष हट्ने मान्यता छ ।

    • तुला राशि : कालो तिल दान गर्दा जीवनमा सुख–शान्ति र पितृदोष निवारण हुन्छ ।

    • वृश्चिक राशि : कालो तिल तथा आवश्यकता अनुसारका व्यक्तिलाई पहेंलो वस्त्र दान गर्नु उत्तम हुन्छ ।

    • धनु राशि : पहेंलो वस्त्र र पहेंला फल दान गर्दा परिवारमा खुशी कायम रहन्छ ।

    • मकर राशि : कालो उर्द दाल वा कालो वस्त्र दान गर्दा समृद्धि प्राप्त हुन्छ ।

    • कुम्भ राशि : ब्राह्मणलाई भोजन गराउनु र गरीबलाई आर्थिक सहयोग गर्नु शुभ हुन्छ ।

    • मीन राशि : मिठाई र फलफूल दान गर्दा पितृदोषबाट मुक्ति मिल्ने विश्वास छ ।

    यसरी, सर्वपितृ अमावस्यामा श्रद्धापूर्वक आफ्नो राशिअनुसार दान गरेमा पितृहरूको प्रसन्नता प्राप्त हुने, पितृदोष निवारण भई घर–परिवारमा सुख–समृद्धि कायम रहने धार्मिक मान्यता रहेको छ ।

    प्रकाशित : शुक्रबार, ३ असोज २०८२ , ०८:१८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend