logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

०५ आश्विन २०८२ आइतवारको राशिफल

०५ आश्विन २०८२ आइतवारको राशिफल


  • आइतबार, असोज ५ २०८२
  • 1.5K
    SHARES

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

    कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट नयाँ जिम्मेवारी मिल्नेछ। आफ्नो क्षमतामाथि विश्वास राखेर कार्य गर्नुहोस् सफलता मिल्नेछ। सानो प्रयासले जीवनशैलिमा परिवर्तन ल्याउन सकिनेछ।दिन मध्यम खालको छ। तपाईँको सशक्त विचारले सबैलाई प्रभावित बनाउनेछ। स्पष्ट वचन र धैर्यताले उचाइमा पुर्‍याउनेछ। सामाजिक रीतिरिवाजमा सहभागिता होला। भोकालाई भोजन दिने। झुट नबोल्ने। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

    नयाँ लगानीको लागि उपयुक्त समय रहेको छ। धार्मिक गतिविधिहरुमा संलग्न भइएला। जग्गा जमिनलाई लिएर चलिरहेको विवाद सुल्झिनेछ। दैनिक कार्यमा सफलता पाइनेछ। कुनै कार्यक्रममा जोडदार प्रस्तुतिमा रहला। नेतृत्व क्षमताको विकास हुनेछ। मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भइनेछ। नयाँ कामको योजना बन्नेछ। प्रेमीले दिल खोलेर सहयोग गर्नेछन्। आहारविहारमा भने सावधानी अपनाउनु पर्नेछ। विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

    भावनात्मक सम्बन्धमा मधुरता आउनेछ। व्यवसायमा लामो समयदेखि चलिरहेको विवाद सुल्झिनेछ। धैर्य र पराक्रममा वृद्धि हुनेछ।  शुभकार्यको चर्चा चल्नेछ। अनुसन्धात्मक कार्यमा रुचि बढ्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्ला। पुँजी बजारले साथ दिनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। बिछोडिएका मित्रसँग पुनर्मिलनको योग छ। विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

    निजी सम्बन्धमा बाहिरको हस्तक्षेपले समस्या निम्त्याउन सक्छ सावधान रहनुहोस्। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। कारोबारमा विस्तारवादी योजनाले लाभ मिल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। रमणीय र सुखद यात्राको योग छ। वैदेशिक कार्यको कागजी प्रक्रिया अगाडि बढ्ने संकेत देखिन्छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। कला, साहित्य र सङ्गीतमा रुचि बढ्नेछ। निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

    व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रमा राम्रो सद्भाव पाइनेछ। शेयर मार्केटबाट लाभ मिल्नेछ। घरपरिवारमा आफूभन्दा ठूलाको सहयोग मिल्नेछ। योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। सेयर बजारमा लगानी गर्दा विश्लेषण गरेर मात्र गर्नु होला। प्रेमीसँग असमझदारी बढ्न सक्छ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ। नयाँ कार्यको योजना बन्नेछ। भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

    व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रमा एउटा कार्य सम्पादन गरेर मात्र अर्को कार्य प्रारम्भ गर्नुहोला। सहयोगीहरूको सहयोग जुट्नाले नसोचेको लाभ उठाउन सकिनेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। भक्ति र सेवा भाव बढेर जानेछ। रोकिएका कामको पुन: योजना बन्नेछ। नयाँ रोजगारीको प्रस्ताव आउन सक्छ। कला वा डिजाइनको क्षेत्रमा राम्रो अवसर आउनेछ। घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

    उद्योग व्यापारमा विशेष फाइदा हुनेछ। विद्यार्थी वर्गहरूको रचनात्मक र कलात्मक क्षेत्रमा विकास हुनेछ। संगीतको क्षेत्रमा विशेष उन्नति मिल्नेछ। पुरुषार्थले कार्यमा सफलता दिलाउनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। शुभकार्यमा सरिक भइनेछ। साथीहरूसँग रमाइलो यात्राको योजना बन्नेछ। नजिकका व्यक्तिबाट सहयोग पाइएला। सरकारी निकायबाट सहयोग मिल्नेछ। सफल यात्रा हुनेछ। हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

    वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

    साहस र पराक्रममा वृद्धि हुनेछ। नयाँ नोकरीको लागि इन्टरभ्यु आदिमा सफलता मिल्नेछ। पारिवारिक मेलजोलमा समय बित्नेछ। धर्मकर्मतिर रुचि बढ्नेछ। विरोधी वर्ग सक्रिय रहने छन् । कार्य व्यस्तता देखिने छ । व्यक्तिगत दायित्वहरु पूरा हुने छन् । मुद्दा अदालतको समस्या समाधान हुने छ । ध्यात्म, अनुसन्धान जस्ता काममा अवसर मिल्नेछ। लगनशीलताले काममा सकारात्मक परिणाम दिनेछ। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ। भूमि, वाहन र पैतृक सम्पत्ति मिल्ने योग छ। घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

    कार्यक्षेत्रमा अर्काको जिम्मेवारी बहन गर्नुपर्ला। व्यापार व्यवसायमा पैसाको लेनदेनमा धोखा मिल्न सक्छ सचेत रहनुहोस्। स्वास्थ्यमा खानपानलाई लिएर ध्यान दिनुहोला। व्यवहारमा सादगी र परोपकारको भावना लिएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। गोप्य रणनीति असफल बन्नेछ। आफन्तका बीचमा खटपट, शङ्का उब्जनेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ। विद्यार्थी वर्गको पढाइमा मन नजान सक्छ। आर्थिक लगानी गर्नु उपलब्धिमूलक नहोला। प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

    कार्यक्षेत्रमा मित्रको सहयोगले अप्ठ्यारा काम पनि सजिलै सम्पादन हुनेछन्। अर्कालाई सोधेभन्दा धेरै सल्लाह नदिनुहोला। व्यवसायमा लगानी थप्नुपर्ने परिस्थिति आउन सक्छ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफल भइनेछ। दर्शन वा वैचारिक कुराकानीबाट प्रेम सम्बन्ध बलियो बन्न सक्छ। खानपिनको विविध परिकारको स्वाद लिन पाइएला। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

    नोकरी वा पेशामा उच्च अधिकारीबाट नयाँ जिम्मेवारी पाइनेछ। कार्यक्षेत्रमा मान सम्मान बढ्नेछ। शेयर बाजारको लगानीबाट लाभ मिल्ला। व्यापार व्यवसायमा आयका नयाँ स्रोतहरू बढ्नेछन्। भेटघाटले मन प्रफुल्ल रहला। शैक्षिकस्तर स्थिर रहनेछ। योजनाबद्ध अध्ययनले फाइदै होला। राजनीतिक कार्यमा रुचि बढ्नेछ। आफन्तबाट साथ, सहयोग र आश्वासन मिल्नेछ। बिछोडिएका साथीसँग पुनर्मिलनको योग छ। रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

    धार्मिक संघ संस्थामा सम्मेलन हुने अवसर प्राप्त हुनेछ। आर्थिक कारोबारमा लाभ रहनेछ। व्यापार व्यवसायलाई लिएर दीर्घकालीन निर्णयहरु लिन सकिनेछ। कार्यक्षेत्रमा माननीयजनहरूको सहयोग मिल्नेछ। लाभहानि बराबर रहनेछ। योजना गोप्य राखेरै अघि बढ्नुहोला। सानातिना समस्यामा अल्झिनु पर्नेछ। सेयर बजारमा ठूलो जोखिम नलिनु होला, सुरक्षित कारोबारमै अडिनु राम्रो हुन्छ। वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

    प्रकाशित : आइतबार, ५ असोज २०८२ , ०६:११ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend