logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

नवरात्रि : कन्या पूजनको परम्परा र पवित्रताको अर्थ

नवरात्रि : कन्या पूजनको परम्परा र पवित्रताको अर्थ


  • मंगलबार, असोज १४ २०८२
  • 858
    SHARES

    काठमाडौं । शारदीय नवरात्रिको पावन अवसर जारी छ। अष्टमी र नवमीका दिन कन्या पूजन गरी नवरात्रिको समापन गर्ने परम्परा रहेको छ। यस अवसरमा साना बालिकालाई देवी दुर्गाको स्वरूप मानी पूजा गरी भोग लगाइने धार्मिक चलन छ।

    धार्मिक मान्यताअनुसार कम्तिमा ९ जना कन्यालाई पूजा गर्ने प्रचलन शुभ मानिन्छ। तर, प्रायः सबैलाई यति धेरै कन्या सजिलै भेटाउन कठिन हुन्छ। सुरक्षा कारणले पनि बच्चाहरुलाई सजिलै अन्यत्र पठाउन परिवार हिच्किचाउने गरेका छन्।

    यस अवस्थामा भक्तजनले नवरात्रिको व्रत कसरी पूरा गर्ने भन्ने जिज्ञासा राख्ने गर्छन्। पण्डितहरुको सुझावअनुसार यदि कन्या भेटिएन भने घरका आफ्नै परिवार वा छरछिमेकका कन्याको पूजा गर्न सकिन्छ। त्यस्तै, घरमा काम गर्ने सहयोगी वा सुरक्षाकर्मीका छोरीहरुलाई समेत आमन्त्रण गरेर पूजन गर्न सकिन्छ। कन्या नपाएमा प्रसादलाई स–साना प्याकेट बनाएर नजिकैको मन्दिरमा बालबालिकासहित भक्तजनलाई वितरण गर्ने विकल्प पनि छ।

    कन्या को हुन् ?

    शास्त्रीय परिभाषाअनुसार जसको मासिक धर्म सुरु भएको छैन र अविवाहित छिन्, उनी नै “कन्या” मानिन्छिन्। साथै, विवाहपूर्व कुनै प्रकारको शारीरिक सम्बन्धमा नजोडिएकी बालिका नै कन्या कहलिन्छिन्। यसरी, कन्या पूजनलाई शुद्धता र पवित्रताको प्रतीक मानिन्छ।

    कन्या पूजनको महत्त्व

    कन्यालाई देवीको स्वरूप मानी श्रृंगारका सामग्री, कपडा (चुनरी), अध्ययन सामग्री, मिठाई र दक्षिणा दान गर्न सकिन्छ। यसलाई भक्तिको अभिव्यक्ति र भविष्यको लागि शुभ फल दिने आशीर्वादको रूपमा लिइन्छ। धार्मिक विश्वासअनुसार कन्या पूजन गर्दा देवी प्रसन्न भई भक्तलाई सुख, शान्ति र समृद्धि दिन्छिन्।

    पूजनका शुभ मुहूर्त

    • अष्टमी पूजन : ३० सेप्टेम्बर बिहान ९:१५ देखि दिउँसो १:४५ बजेसम्म।

    • नवमी पूजन : १ अक्टोबर बिहान ८:२१ देखि दिउँसो २:२४ बजेसम्म।

    यसरी, नवरात्रिको पूजनमा कन्याको वास्तविक पवित्रता र महत्वलाई बुझेर श्रद्धापूर्वक पूजा गर्नु नै सर्वोत्तम आचरण मानिन्छ।

    प्रकाशित : मंगलबार, १४ असोज २०८२ , ०१:१९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend