logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

काठमाडौंमा नयाँ कुमारीको अभिषेक, आर्यतारा शाक्य विधिवत् रूपमा स्थापित

काठमाडौंमा नयाँ कुमारीको अभिषेक, आर्यतारा शाक्य विधिवत् रूपमा स्थापित


  • मंगलबार, असोज १४ २०८२
  • 780
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    काठमाडौं इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई मंगलबार बसन्तपुरस्थित कुमारी घरमा शुभसाइतमा अभिषेक गर्दै विधिवत् रूपमा जीवित देवी (कुमारी) का रूपमा स्थापित गरिएको छ।

    कुमारी छनोटको परम्परागत प्रक्रिया पूरा गरी आर्यतारालाई नयाँ कुमारीका रूपमा चयन गरिएको हो। यस अवसरमा पूर्वकुमारी तृष्णा शाक्यलाई बाजागाजासहित सम्मानपूर्वक बिदाई गरिएको थियो। तृष्णालाई घरसम्म पुर्‍याइ बिदाई गर्ने प्रचलनअनुसार विधिवत् रूपमा उनको पदावनति गरिएको हो।

    कुमारीलाई जीवित देवीका रूपमा पूजा–आराधना गरिन्छ। उनलाई महालक्ष्मीको प्रतीक मानिँदै विशेष धार्मिक महत्वका उत्सव तथा अनुष्ठानमा उपस्थित गराइन्छ।

    प्रकाशित : मंगलबार, १४ असोज २०८२ , ०३:२५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend