logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

तुला, मकर राशिलाई ठूलो सफलता ! जान्नुहोस्, आज तपाईंको भाग्यमा के छ ?

तुला, मकर राशिलाई ठूलो सफलता ! जान्नुहोस्, आज तपाईंको भाग्यमा के छ ?


  • आइतबार, कार्तिक २ २०८२
  • 754
    SHARES

    आजको राशिफल

    आज आइतबार हो — जुन दिन भगवान् सूर्यदेवको पूजा आराधनाका लागि समर्पित मानिन्छ। आज सूर्यदेवको उपासना गर्दा निरोगी शरीर र तेजस्वी जीवनको आशीर्वाद प्राप्त हुने धार्मिक विश्वास छ। यसैदिन सानो दीपावली अर्थात् “काग तिहार” पनि मनाइँदैछ।

    आजको दिन आफ्नो आराध्य देवताको स्मरण गर्दै नयाँ कार्यको शुभारम्भ गर्न सकिन्छ। ज्योतिषशास्त्रका अनुसार, १२ राशिहरू र ९ नक्षत्रहरूको उल्लेख पाइन्छ। नक्षत्रहरूको स्थितिअनुसार नै तपाईंको दिन कस्तो रहनेछ भन्ने निर्धारण हुन्छ। आउनुहोस्, आजको राशिफल हेरौं —

    मेष (Aries)

    घरेलु समस्याको समाधानबाट मनमा शान्ति छाउनेछ। आत्मविश्वासका साथ कुरा राख्दा सफलता मिल्नेछ। आर्थिक समस्या टाढा हुनेछ। भागदौडका बाबजुद पनि शुभ परिणाम प्राप्त हुनेछ।

    वृषभ (Taurus)

    अधिकारि वर्गसँग व्यवहार गर्दा सावधानी अपनाउनुहोस्। शासन वा उच्च निकायबाट सहयोग प्राप्त हुनेछ। नयाँ कार्यहरूमा रुचि बढ्नेछ। शत्रुहरूको पराजय हुनेछ।

    मिथुन (Gemini)

    कठोर व्यवहारले घरमा अशान्ति ल्याउन सक्छ, त्यसैले संयमता आवश्यक छ। नयाँ योजनाबाट लाभ हुनेछ। कर्मचारी वर्गलाई लाभ प्राप्त हुनेछ। पद र प्रतिष्ठामा वृद्धि हुनेछ।

    कर्कट (Cancer)

    अधुरो योजना पुनः सुरु गर्ने सोच बन्नेछ। बुढापाकाको मार्गदर्शनले सफलता प्राप्त हुने सम्भावना छ। आर्थिक चिन्ता घट्नेछ। अनावश्यक दौडधूपबाट जोगिनुहोस्।

    सिंह (Leo)

    पारिवारिक आयोजनाले हर्ष ल्याउनेछ। केही चुनौतीहरूको सामना गर्नुपर्ला, तर कार्यहरू समेट्न सफल हुनुहुनेछ। समाजमा सम्मान र सुख प्राप्त हुनेछ।

    कन्या (Virgo)

    प्रतियोगी परीक्षामा सफलता प्राप्त हुने योग छ। विवादास्पद मुद्दाहरू समाधान हुनेछन्। अरूका मामिलामा अनावश्यक हस्तक्षेप नगर्नुहोस्। व्यवसायिक समस्याहरूको समाधान हुनेछ।

    तुला (Libra)

    महत्वपूर्ण कार्यहरूलाई प्राथमिकताका साथ सम्पन्न गर्नुहोस्, ढिलाइले कठिनाइ ल्याउन सक्छ। अकारण अवरोध हुन सक्छ। खर्चमा वृद्धि हुने सम्भावना छ।

    वृश्चिक (Scorpio)

    कार्यस्थलमा मिश्रित परिणाम प्राप्त हुनेछ। मानसिक रूपमा सन्तोष मिल्नेछ। रहनसहनमा सुधार हुनेछ। काममा व्यस्तता बढ्नेछ।

    धनु (Sagittarius)

    कानुनी विषयमा सबैको सल्लाह लिएर अघि बढ्नुहोस्। धार्मिक कार्यमा खर्च हुने सम्भावना छ। जग्गा–जमिन सम्बन्धी समस्या समाधान हुनेछ। पदोन्नतिको योग छ।

    मकर (Capricorn)

    नयाँ सम्पर्कहरूको लाभ हुनेछ। पारिवारिक चिन्ता हट्नेछ र मनमा शान्ति छाउनेछ। समाजसेवामा यश र कीर्तिको योग छ। शुभ सन्देश प्राप्त हुनेछ।

    कुम्भ (Aquarius)

    अनजान व्यक्तिहरूमा अत्यधिक विश्वास नगर्नुहोस्। बिरामीको स्वास्थ्य सुधार हुनेछ। आर्थिक समस्याको समाधान हुनेछ। प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ।

    मीन (Pisces)

    प्रिय व्यक्तिबाट सहयोग पाउनुहुनेछ जसले खुशी ल्याउनेछ। अधूरा काम पूरा गर्न प्रयास गर्नुहोस्। कामप्रति लगन बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ।

    आज जन्म लिएका शिशुको फल

    आज जन्म लिने बालक कल्पनाशील, विचारशील र मिलनसार हुनेछ। साहित्य र कलामा राम्रो रुचि रहनेछ। भाग्यको उदय जन्मस्थान नजिकै हुनेछ। मित्रहरूको संख्या सीमित तर विश्वसनीय रहनेछ। माता–पिताप्रति अत्यन्त भक्त हुनेछ।

    प्रकाशित : आइतबार, २ कार्तिक २०८२ , ०७:२७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend