logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

थाहा पाउनुहोस् तपाईंको आजको राशिफल

थाहा पाउनुहोस् तपाईंको आजको राशिफल


  • बुधबार, पुष १७ २०८१
  • 1.1K
    SHARES

    लोकसारथी, पुस १७ ।

    मेष : तपाईंका लागि दिन उत्तम छ । राज्यबाट लाभ, यश–कृति, कार्य सिद्धि हुन सक्छ ।

    वृष : बिहान स्वास्थ्य समस्या हुन सक्छ । त्यसपछि भने राजनीतिक कार्यमा सफलता होला ।

    मिथुन : बिहान धन लाभ हुन सक्छ । तर त्यसपछि स्वास्थ्य गडबड, काममा बाधा हुन सक्छ ।

    कर्कट : दिन शुभ भएकाले आर्थिक लाभ, विजय, पारिवारिक सुख, समस्या समाधान होला ।

    सिंह : तपाईंका लागि समय अनुकूल छ । कार्य सफल, धन लाभ, परीक्षा आदिमा विजय होला ।

    कन्या : शुरुमा स्वास्थ्य समस्या हुन सक्छ । त्यसपछि भने स्वस्थता एवं कार्य सफल होला ।

    तुला : बिहान लाभ–पराक्रम तर त्यसपछि विवाद, दिनचर्या अस्तव्यस्त नहोला भन्न सकिन्न ।

    वृश्चिक : धन लाभ, मान–सम्मान, पढाइ, व्यापार आदिमा सफलता हुने सम्भावना देखिन्छ ।

    धनु : दिन शुभ भएकाले खाद्यान्न प्राप्ति, भाग्योदय, कार्य सफल, सुख–सन्तोष हुने देखिन्छ ।

    मकर : बिहान तनाव हुन सक्छ तर त्यसपछि भने सुख–सन्तोष एवं उपहारादि प्राप्त होला ।

    कुम्भ : बिहान उत्तम भोजन, लाभ हुने देखिन्छ । तर त्यसपछिबाट भने भय, विवाद हुन सक्छ ।

    मीन : समय अनुकूल हुँदा सुख–सन्तोष, पैसा प्राप्ति, मिष्ठान्न भोजन, पारिवारिक सुख होला ।

    प्रकाशित : बुधबार, १७ पुष २०८१ , ०१:१५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend